मेचीनगर । झापाको बाहुँनडाँगीमा धानबाली जोगाउन ‘मोवाइल फेन्सिङ’ प्राविधि सुरु गरिएको छ। बर्षौदेखि भारतबाट प्रवेश गरेका जंगली हात्तीले अन्नबालीमा पुर्याउदै आएको क्षतीलाई रोक्न `मोवाइल फेन्सिङ’ प्रयोग गरिएको हो ।
शुक्रबार नगरपालिका–१ र ४ मा आयोजित कार्यक्रममा मेचीनगर नगरपालिका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गरेपछि `मोवाइल फेन्सिङ’ सञ्चाल्नमा आएको छ ।
अ
हात्तीले अन्नबालीमा क्षति पुर्याएपछी आक्रान्त र निरास बनेका कृषकले बाली नलगाई बाँझो राखेको पाँच सय बिगाह जमिनमा अन्नबाली उब्जनी गर्ने उद्देश्यले मोबाइल फेन्सिङ जडान गरिएको हो ।
पाँच सय विगाह जमिनको वरिपरि ‘मोवाइल फेन्सिङ’ गर्नुपर्नेमध्ये मेचीनगर-१ मा रहेको करिब १०० बिगाहा जमिनमा फेन्सिङ उद्घाटन भएको थियो ।
मेचीनगरको पहलमा सुरु भएको ‘मोवाइल फेन्सिङ’ घेराबारा गर्न इसिमोड नेपालको १३ लाख आर्थिक सहयोग तथा उज्यालो नेपाल बर्दियाको प्राबिधिक सहयोग रहेको छ ।
फेन्सिङको उद्घाटन गर्न फिल्डमा पुगेका नगरप्रमुख बुढाथोकीले बाहुण्डाँगीमा हात्तीको समस्या धेरै रहेको बताउँदै त्यसलाई समाधान गर्न लागि परिरहेको बताए ।
सौर्य ऊर्जामार्फत सञ्चालित उक्त प्रविधि हात्ती धपाउन यसअघि बर्दिया जिल्लामा मात्र प्रयोग भएको थियो । त्यहाँ सफल भएपछि मेचीनगरको बाहुण्डाँगीमा प्रयोगमा ल्याइएको ईन्जिनियर चिरायु थापाले जानकारी दिए ।
कार्यक्रममा मेचीनगर-१ का वडाध्यक्ष राजकुमार राई, ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, पुर्व मेचीनगर १ का वडाध्यक्ष पासाङ तामाङ, कार्यपालिका सदस्य तुलसा देवान, उज्यालो नेपाल बर्दियाका ईन्जिनियर चिरायु थापा, प्राविधिक नवराज पोख्रेललगायत स्थानीयको सहभागीता रहेको थियो ।