झापा । आज राष्ट्रिय शिक्षा दिवस-२०८१ विविध कार्यक्रम गरी मनाइदैछ । 'ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिका साझेदारी र प्रणालीगत सक्षमता' भन्ने नाराका साथ दिवसका सन्दर्भमा देशभर विभिन्न कार्यक्रमहरू हुँदैछन् ।

सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानेर गतवर्षदेखि असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसकोरुपमा मनाउन थालेको हो ।

झापाका विभिन्न स्थानीय तह अन्तरगतका शिक्षा शाखामा पनि शिक्षासँग विशेष कार्यक्रम गरि मनाउने तयारी गरेको छ ।

मेचीनगर पालिकाको शिक्षा शाखाले राष्ट्रिय शिक्षा दिवस २०८१ मा मेचीनगरको सामुदायिक भवनमा शिक्षा सरोकारवालासँग कार्यक्रम गरी दिवस मनाउने तयारी गरेको शिक्षा शाखाले जनाएको छ । नगरभित्रका कतिपय सामुदायिक एबम् निजी विद्यालयले कार्यक्रमकाे तय गरेको छ

संघीय संसद्को दुवै सदनबाट पारित भएको ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७५ असोज २ गते प्रमाणीकरण गरेकी थिइन्।

संघीय सरकारले यसवर्ष पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा राष्ट्रिय शिक्षा दिवस मूल समारोह समितिमार्फत् दिवस विशेष कार्यक्रमहरू गर्दैछ । समितिले देशभर विविध रचनात्मक कार्यक्रम गरी दिवस मनाउन निर्देशन समेत गरेको छ । 

शिक्षा मन्त्रालयले बुधबार दिवसका सन्दर्भमा यसवर्षको नेपाल विद्याभूषण 'क', 'ख' र 'ग', नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक 'क' र 'ख' एवम् छात्रा पुरस्कार घोषणा गर्दैछ ।

यी पुरस्कारका लागि आवेदन माग गरिएको र उनीहरूमध्येबाट पुरस्कृत हुनेहरूको नाम समेत छनोट भइसकेको मन्त्रालयले जनाएको छ । उनीहरूको नाम बुधबार मन्त्रालयले वेभसाइटमा सार्वजनिक गर्दै पुरस्कार घोषणा गर्ने जनाएको छ । उनीहरूलाई पुरस्कार तथा प्रमाणपत्र भने अर्को मितिमा वितरण गरिनेछ ।