झापा । आज संविधान दिवस । आजको दिनलाई राष्ट्रिय दिवस २०८१ पनि भनिन्छ । स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ संविधान दिवस मनाइँदैछ ।
संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी संघ-संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाहरूले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।
नेपाली जनताको सात दशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट वि.सं २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो ।
पैँतिस भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात् गरेको संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ ।
संघीय राजधानी काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना गरिएको संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् । संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । आजै साँझ राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम छ ।
संविधान प्राप्तिपछि नागरिकको हितका लागि उल्लेख गरेको अधिकार र आधारभूत सुबिधासम्म प्राप्त नभएको, देशमा चरम बेतिथिसँगै आर्थिक संकट बढेपछि नागरिक पलायनक्रम नरोकिएकाले नयाँ संविधानप्रती बितृष्णा जागेको छ ।
संविधान दिवसको अवसरमा काठमाडौको टुडिखेलमा आयोजित कार्यक्रमको
तस्बिर:




























































