मेचीनगर । फरक क्षमता भएका बालबालिकालाई प्रोत्साहन र उत्साह नहुँदा उनीहरुमा भएको बौद्धिकताको कहिँ-कतै कदर नभएको एक कार्यक्रममा बक्ताले गुनासो गरेका छन् । 

समाज सेवा सुधार युवा संघ अपाङ्ग सहयोग समिति, झापाको पाँचौ महाअधिवेशनमा बक्ताले शरीरिक, मानसिक, बौद्धिक, कान नसुन्नेलगायत फरक क्षमता भएका बालबालिका तथा बयस्कलाई समाजले प्रोत्साहन नगर्दा उनिहरुको बौद्धिकता नै अर्थहिन बनेको बताएका हुन् ।BeautyPlus_20240921120319904_saveशारीरिक रुपमा अशक्त भएपनी बौद्धिक रुपमा सक्षमलाई पनि समाजले तिरस्कार गरेको कार्यक्रमका कार्यक्रमका बिशिस्ट अतिथि नेपाली कांग्रेसका महासमिति सदस्य राम कट्टेलकाे गुनासो थियाे । उनले घर-परिवार, समाज र सरकारीस्तरबाट पनि फरक क्षमता भएकालाई उत्साहित बनाउने, प्रोत्साहनका कार्यक्रम कहिँकतै नभएकाले उनिहरु झनै मानसिक रुपमा बिक्षिप्त बनेको उल्लेख गरे । घरदेखि बाहिर निस्कन कठिन हुने त्यस्ता फरक क्षमता भएकालाई घर-समाज र स्थानीय सरकारले प्रोत्साहन गर्न आवश्यक भएको बताए ।BeautyPlus_20240921125839220_saveकार्यक्रममा कोशी प्रदेश सदस्य माननीय गोपाल तामाङले कोशी प्रदेश सरकारले आगामी बजेटमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सरकार परिवर्तनका लागि दलीय समीकरण जुटाउने खेलमा लागेकै कारण जनअपेक्षा अनुकूलकाे काम नभएको स्वीकार गरेका थिए । BeautyPlus_20240921121702438_saveकार्यक्रममा मेचीनगर-७ का वडाध्यक्ष प्रल्लादमणि ओलीले संस्थाको गरिमालाई अझ अघि बढाउन अनियमिताबाट टाढा हुन नेतृत्वलाई सुझाव दिए । उनले सरकारले दिएको सेवा नलिएर क्लिनिक धाउँनेक्रम बढेको उल्लेख गर्दा वडास्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा लिन सबैलाई आग्रहसमेत गरे ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति मणि उप्रेती, माओवादी केन्द्रका भवनाथ दाहाल, करुणा फाउन्डेसन नेपालका पदम बराइलीलगायतले सम्बोधन गरेका थिए । BeautyPlus_20240921123141009_saveBeautyPlus_20240921123037379_saveBeautyPlus_20240921125448768_saveधर्मराज घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न समयमा आर्थिक सहयोग गर्ने ४ जना दातालाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । अनिता बंशल, तेजेन्द्र पोखरेल, पुनित गोयल र अर्का एक जनालाई सम्मान गरिएको हो ।

संस्थाका उपाध्यक्ष गंगा संग्रौलाले स्वागत गरेको कार्यक्रमको संचालन बिष्णुप्रसाद श्रेष्ठले गरेका थिए ।

BeautyPlus_20240921125804104_save 1संस्थाको अवस्था:

२० वर्षअघि स्थापना भएको समाज सेवा सुधार युवा संघ अपाङ्ग सहयोग समिति झापाले ४ कट्ठा जमिनमा भवन बनाएर विभिन्न क्षमताका ४० जना बालबालिकालाई शिक्षा, पालनपोषण गर्दै आएको थियो । हाल १ कट्ठा १० धुर जमिन थप गर्न सफल भएको समितिले हाल शरीरिक ४ जना, कान नसुन्ने ४ जना, बौद्धिक ५ जना, सुस्त मनोस्थितीका ५ जना गरी हाल १८ जना बालबालिकालाई पालनपोषण र शिक्षा दिइरहेको छ । तीमध्ये ७ जना सरस्वती निमाबीमा र १ जना आदर्श माबिमा अध्ययनरत छन् । IMG_20240921_170026शारीरिक र मानसिक रुपमा असक्षमलाई भवनको हलमै अन्य १० जनालाई पठनपाठन गराइँदै आएको छ ।

५० जना फरक क्षमताका ब्यक्तीलाई पठनपाठन, खानपिन र आबासको प्रबन्ध गर्नसक्ने भवनको क्षमता रहेको छ । फरक क्षमता भएकालाई पालनपोषण र हेरचार गर्नेको उपयुक्त ब्यवस्थापनेपालचीन  गर्न नसक्दा प्रचार नगरेको अध्यक्ष घिमिरेको भनाई छ । हाल १८ जनालाई २ जना पालनपोषण र हेरचार गर्ने कर्मचारी राखिएको छ ।FB_IMG_1726917350406 उनिहरुमध्ये १ जनालाई मासिक १२ हजार र १ जनालाई १० हजार तलब दिइँदै आएको छ । २ जनाले न्युनतम पारिश्रमिकमा विभिन्न फरक क्षमता भएकालाई हेरचाह गर्न कति कठिन र समस्या हुन्छ, अध्यक्ष घिमिरेले भने,`पालनपोषण र हेरचार गर्नेको यथेष्ट सुबिधाको ब्यवस्थापन नभइँन्जल अन्य फरक क्षमताका बालबालिका नथप्ने निर्णय गरेका हौ ।´ स्थानीय सरकारदेखि प्रदेश सरकारसमक्ष समस्याको बारेमा जानकारी गराइसकेको समेत उनको भनाई थियो ।FB_IMG_1726917363610

अध्यक्षमा पुनः धर्मराज घिमिरे 

समाज सेवा सुधार युवा संघ अपाङ्ग सहयोग समिति, झापाको पाँचौ महाअधिवेशनले धर्मराज घिमिरेकै नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन गरेको छ । BeautyPlus_20240921131004597_save 1संस्थाको उपाध्यक्षमा गंगा संग्रौला,सचिवमा अनिस काफ्ले, सहसचिबमा शृजना कट्टेल, कोषाध्यक्षमा लिनदेबि भट्टराई चयन भएका छन् । 

त्यसैगरी बिश्वबिजय घिमिरे, कमल पौडेल, मिना गिरी, नवराज भट्टराई, नरेनकुमार लिम्बू सदस्यमा चयन भएको निर्वाचन समितिका संयोजक अजय घिमिरेले जानकारी दिए ।