काठमाडौं । देशभर गएको बाढी र पहिरोको घटनामा परेर हालसम्म ३७ जनाको मृत्यु भएको छ भने ५१ जना बेपत्ता भएका छन् । यो तथ्याङ्क असोज ११ गतेदेखि १२ गते दिउँसो २ः४५ बजेसम्मको हो ।IMG_20240928_161726
उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौंमा ११ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।
अविरल वर्षापछिको बाढी पहिरोमा परी शनिबार दिउँसो २ बजेसम्म काठमाडौं उपत्यकाका ३ जिल्लामा मात्रै ३२ जनाको मृत्यु भएको हो।
काठमाडौंमा ११, ललितपुरमा १६ र भक्तपुरमा ५ जनाको मृत्यु भएको मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।IMG_20240928_161848
काठमाडौंमा १० जना घाइते हुँदा ५८९ जनाको उद्धार गरिएको छ । ललितपुरमा ५ जना घाइते हुँदा ४१६ जनाको उद्धार गरिएको गृहमन्त्रालयको भनाइ छ । भक्तपुरमा २ जना घाइते हुँदा ४८ जनाको उद्धार गरिएको छ । उद्धारका लागि २० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको गृहमन्त्रालयले जनाएको छ ।