झापा । नेपालीहरुको महान चाड बडादशैं नजिकिएसँगै राजधानीमा खसिबोकाको बिक्री–वितरण पनि बढेको छ । खसीबोका तथा च्याङ्ग्राको विक्री हुने अनुमान गरेको छ । दशैंमा विशेष गरी आ–आफ्नो चलनअनुसार भोग दिने र बली चढाउने चलन छ । दशैंका बेला भोग दिने र मासु खाने क्रम पनि बढ्छ । दशैंको बेला अन्य समयको भन्दा खसीबोका तथा च्याङ्ग्राको माग बढ्छ । उपभोक्ताको माग अनुसार चौपाया खरिद विक्री सेवा संघले खसीबोका तथा च्याङ्ग्राको आपूर्ति गर्ने जनाएको छ । पुर्वको शनिश्चरे, धुलाबारी, दमकलगायतका पशु तथा खसी बजारमा पहाड तथा स्थानीयले पालेका खसीबोका बजार ल्याउने गरेका छन् । धान्न नसक्ने भएपछि ९० प्रतिशत खसीबोका भारतबाट ल्याउने गरिएको संघको भनाइ छ ।
नेपाल खाद्य संस्थानले दसैंलाई लक्षित गरी बजार नियन्त्रणका लागि बोका प्रतिकिलो ४ सय ५०, खसी ४ सय ५५ र च्याङ्ग्रा ६ सय ७५ रुपैयाँ निर्धारण गरी विक्री गरिरहेको छ । तर व्यापारीले भने खसीबोका प्रतिकिलो चार सय देखि ५ सयसम्म र च्याङ्ग्रा प्रतिकिलो सात सय २० रुपैयाँमा बिक्री गरिरहेका छन् ।नेपाल खाद्य संस्थानले निर्धारण गरेको मूल्य कति छ भन्नेबारे आमसर्वसाधारण उपभोक्ता अनविज्ञ छन् । संस्थानले आफुले निर्धारण गरेको मूल्यसुचि सार्वजनिक स्थलमा नराख्दा सर्वसाधारणले जानकारी नपाएका हुन् । कृषि प्रधान देश भनिए पनि हरेक कृषि उत्पादनमा विदेशको भर पर्नुपर्ने बाध्यता छ । हरेक बर्ष दशैंका लागि ठूलो मात्रामा विदेशबाट खसीबोका तथा च्याङ्ग्रा आयत गर्ने गरिन्छ ।























































