मेचीनगर । नजिकिएको बिजय दशमीको अवसरमा झापाको मेचीनगरस्थित प्रेस क्लब मेचीनगरले बुधबार पर्व शुभकामना आदानप्रदान गरेको छ ।क्लबका पूर्वअध्यक्षहरु, कार्यसमिति पदाधिकारी तथा सदस्य, अग्रज सञ्चारकर्मी एवम्  शुभेच्छुक सञ्चारकर्मीहरुसँग शुभकामना आदानप्रदान गरेको हो । 

क्लबका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्वअध्यक्षहरु ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल, सन्तोष आचार्य, लक्ष्मी उप्रेती, झुलन रेग्मीलगायतले ब्यवसायिक पत्रकारिताको अवस्थाको बिषयमा चर्चा गर्दै बिकृतरहित चाडपर्व मनाउन शुभकामना व्यक्त गरेका थिए । स्वागत क्लबका उपाध्यक्ष जीआर धिताल र संचालन सचिव देबु बानियाँले गरेका थिए ।