मेचीनगर । झापाको मेचीनगरमा मोटरसाइकलले ठक्कर दिँदा चालकको मृत्यु भएपछि उनका आफन्तले सडक अवरुद्ध गरेका छन् ।

धुलाबारीबाट पुर्व जाँदै गरेको प्रदेश १-१७-प-७४४ नम्बरको मोटरसाइकलले विपरीत दिशातिर जाँदै गरेका डिकेन राजवंशीलाई ठक्कर दिएको थियो । दुर्घटनाबाट गम्भीर घाइते भएका राजबंशीको उपचारका क्रममा   बिर्तामोडमा  निधन भएको थियो ।

राजबंशीको मृत्यु भएपछि उनका आफन्तले पुर्व-पश्चिम राजमार्ग अवरोध गरेका हुन् । यातायात खुलाउने बिषयमा प्रशासन र पीडित परिवारबीच वार्ता भइरहेको प्रहरी जनाइएको छ । मृतक राजबंशी सगरमाथा यातायात यात्रुबहाक बसका चालक थिए ।