मेचीनगर । शिक्षा क्षेत्रलाई ब्यवस्थित गर्न झापाको मेचीनगर नगरपालिकाले शिक्षा नियमावली २०८१" जारी गरेको छ ।
नगरले शिक्षा क्षेत्रलाई चुस्तदुरुस्त र प्रभावकारी बनाउन शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रमअन्तरगत शिक्षा नियमावली जारी गरेको हो ।
मेचीनगरले समग्र शिक्षा क्षेत्रलाई कानुनसम्मत व्यवस्थित गर्न शिक्षा नियमावली जारी गरेको मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए ।
उनले मेचीनगर शिक्षा ऐनको दफा ३७ ले दिएको अधिकार प्रयोग गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ (२) बमोजिम मेचीनगर नगरपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा सम्बन्धी दफा तथा उपदफाहरु कार्यान्वयनका लागि "मेचीनगर नगरपालिकाले शिक्षा नियमावली २०८१" जारी गरिएको बताए ।
मेचीनगर नगरपालिकाको शिक्षा नियमावली २०८१ नगर कार्यपालिकाबाट २०८१ साल जेठ १५ गते स्वीकृत भई नगरप्रमुख गोपालचन्द्र बुढाथोकीबाट यहीँ असोज १६ गते प्रमाणिकरण भएको मेचीनगर नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले जानकारी दिए । उनले शिक्षा क्षेत्रमा धेरै कामहरू भइरहेकाे भएता पनि अब शिक्षा नियमावली जारी भएसंगै अझ बढी शिक्षा सम्बन्धि कार्यसम्पादन गर्नसहज हुने बताए ।
"मेचीनगर नगरपालिका शिक्षा नियमावली २०८१" ७० पृष्ठको रहेको छ । यसको सारंश रहेको छ ।























































