फिक्कल । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–१ मेवाखास्थित मेची राजमार्गबाट अवैध मदिरा बोकेको सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

गएराति प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इलामको फिक्कलबाट ताप्लेजुङतर्फ जाँदै गरेको मे. १ च ४२१४ नम्वरको पिकअप गाडीमा अवैध रुपमा बोकेको ५० कार्टुन सिक्किमे मदिरा बरामद गरेको हो । 

वरामद भएको अवैध मदिरा, मदिरा ओसार पसारमा संलग्न बुद्धशान्ति गाउँपालिका-३ का महेन्द्र बर्देवा, सवारी साधन र चालक बुद्धशान्ति-३ का सनम राईसमेतलाई आवश्यक कारवाहीको लागि पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाईएको प्रहरीले जनाएको छ ।