बिराटनगर । प्रहरी तालिम केन्द्र कोशी प्रदेशले प्रहरी अप्रेशन कमाण्ड तथा व्यवस्थापन जुनियर प्रहरी अधिकृत (ओसिएम लेभल-१) ३० औं समुहको तालिम सम्पन्न गरेको छ । 

तालिम केन्द्रमा २४ दिने तालिमअवधिका उपलब्धिसहित समादेशक प्रहरी एबम् प्रमुख अतिथि वरिष्ठ उपरीक्षक अबिनारायण काफ्लेले जिम्मेवारी अनुशासित, इमान्दार, कर्तव्यनिष्ठ, सभ्य र सुसंस्कृत हुँदै राज्य, संगठन र जनताप्रति इमान्दार भएर कार्यसम्पादन गर्न आदेस दिएका थिए ।

सबै दीक्षित भई जाने सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई प्रमुख अतिथिले शुभ-कामना एवं बधाई दिंदै कार्यक्षेत्रमा पाएको जिम्मेवारी सोहिअनुसार कार्यसम्पादन गर्ने बताएका थिए । उक्त कार्यक्रममा तलिम संयोजक तथा प्रहरी निरीक्षक ऋषि राज ढकाल,  प्रहरी निरीक्षक मिलन थापा, जुनियर प्रहरी अधिकृतहरु, प्रशिक्षक वर्ग लगायत प्रशिक्षार्थीहरु समेतको उपस्थिति रहेको थियो ।