मेचीनगर । लक्ष्मी पुजाको दिन दियोबाट आगो सल्किँदा झापाको मेचीनगर नगरपालिका-३ धिमाल गाउँकाे एक पसल जलेर नष्ट भएको छ ।
आगलागीबाट स्थानीय शर्मिला मेचेको घुम्ती पसल जलेर नष्ट भएको हो । बिहीबार साँझ ८:३० बजे दियोबाट आगो लाग्दा मेचेको टिनको छाना भएको किराना पसल भएको घुम्ती जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।आगलागीबाट अन्दाजी एक लाख मुल्यको क्षतिभएको प्रहरीले जनाएको छ ।























































