झापा । छठ पर्वको मुख्य दिन आज हो । सूर्यको उपासना गरी बसेका व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गर्दछन् । आज रातभर जाग्राम बसेर शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ ।
छठको मुख्य दिन भएकाले आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । तराई मधेशका जिल्लाहरुमा छठको रौनक छ । छठको अवसरमा गरिएको छ भने काठमाडौं उपत्यकामा पनि बिदा दिइएको छ ।
कोशी प्रदेशका विभिन्न जिल्लाका नदी, खोला, ताल, पोखरी तथा जलाशयहरु सरसफाई गरी, पुजा स्थलको रुपमा तयारी गर्दै छठ पर्वलाई मर्यादित बनाइएको छ ।
नदीका किनार आकर्षक रूपमा सजाएर छठघाट अर्थात् पूजा स्थल निर्माण भइरहेको छ। तयारीका लागि यस क्षेत्रमा सफाइ, माटो सम्याउनेलगायत काम पनि भइरहेको छ। छठका लागि आवश्यक तयारीको खर्च जुटाउन शुल्क लिने गरिएको हो।
पुर्वका प्रशिद्द नदी, पोखरीको किनारलाई ब्यवस्थित गरिएको पाइएको छ । शक्ति माताको प्रतिकको रुपमा दुर्गा भवानीले बिजय गरिएको खुसियालीमा दशैं मनाइने गरिन्छ भने प्रकृतिमा रहेका घरेलु जनावर, पन्छि, धनकी देबि लक्ष्मी मातालाई पुजा गरेपछी भाईटिका लगाइँदै तिहार सकिन्छ ।
त्यसैगरी छ्ठ पर्वकाे महतब पनि छुट्टै पाइन्छ । छ्ठ पुजालाई प्रकृतीको पुजाको रुपमा लिइने गरिन्छ । सुर्य देवताको बिधिवत पुजा आरधना गरी अघिल्लो दिन अस्ताउँदो सुर्यलाई अर्घ र भोलिपल्ट उदाउँदो सुर्यलाई अर्घ दिएपछि मनोकामना पुर्ण हुने बिश्वास गरिँदै आएको छ ।























































