चारआली । चारआली साना शहरी तथा खानेपानी सरसफाई उपभोक्ता समितिको नयाँ आउने नेतृत्वका लागि चुनौती र अवसर थपिएको पाइन्छ । सडकको मापदण्डनुसार पाइप लाइन परिवर्तन गर्नु चुनौती रहेको छ भने आइसकेको बजेटको काम सम्पन्न भएकाले उपभोक्तासम्म पुर्याउनु अवसर रहेको छ ।
स्थानीय तत्कालीन धाइजन-६ निवासी समाजसेबी इन्द्रबहादुर-नैनकला बिष्ट दम्पतीले रणबहादुर-अन्नपूर्ण बिष्ट, अमृतबहादुर-जसमाया बिष्ट, शमशेरजङ्ग-पबित्र थापा र छोरा धनकुमार बिष्टको स्मृतिमा आब २०६४/०६५ सालमा  खानेपानी संस्था निर्माणका लागि ५ कट्ठा जमिन नि:शुल्क प्रदान गरेका थिए ।
जमिन नि:शुल्क उपलब्ध गराउन संस्थापक अध्यक्ष कुमार भट्टराई, सरद शिवाकोटी र लाल थेबे लिम्बुको प्रयासले नै हाल ३१ सय घरधुरीका प्रत्यक्ष रुपमा १४ हजारबढीले शुद्ध पिउने पानी उपभोग गर्न पाएका छन् ।
योजनाअन्तरगत २०६५ सालमा सरद शिवाकोटीको नेतृत्वमा तदर्थ समिति थियो । नेकपा माओवादी पार्टीका नेता कुमार भट्टराईले नेतृत्व गरेका थिए । नेपाल सरकारसँग एसियायी बिकास बैंकको ७० प्रतिशत र आन्तरिक लगानीमा पानी सञ्चित गर्ने ट्याङ्की बोरिङ र कार्यालय निर्माण गरेको थियो ।
मेचीनगर-१२ र १३ का नागरिक पानीको पाइपलाईन पुर्याउन सफल भएपनी पछिल्लो ५ वर्षयता मेचीनगर-११ को केही भाग,  र मेचीनगर-१४ को केही भागमा बिस्तार गर्न सफल भएको छ ।
संस्थालाई जोगाउन र निरन्तर प्रयास गर्दै उदाहरणीय काम गर्ने इच्छा र दृढ संकल्प रहँदारहँदै सरद शिवाकोटीपछि कुमार भट्टराई र लाल थेवेले ३/३ वर्षको कार्यकालपछि आपसी समन्वयबाट आएका नयाँ नेतृत्वलाई संस्था संचालनको जिम्मा लगाएका थिए । २६ सय ९० धारा सदस्य रहेको चारआली खानेपानी सरसफाई तथा उपभोक्ता समितिमा हालसम्मको ३ वर्षे कार्यकाल मधुसुधन निरौलाले नेतृत्व गर्दै आएका छन् ।
संस्थाले सुरुको अवस्थादेखि नै आफ्ना सदस्यलाई पानी बितरण गर्दा बार्षिक ६० देखि ७० लाख फाइदा हुँदैआएको छ । नगर बिकास कोषको २५% छ/छ महिनामा ५% ब्याजले तिर्दै आएको छ । संस्थामा हाल कर्मचारी १४ जना कर्मचारी रहेका छन् ।

संस्थाले २ करोड ६६ लाख सहलगानी बजेटमा ट्याङ्की २२५ हजार घनमिटर निर्माण पूरा गर्न सफल भएको अध्यक्ष मधुसुधन निरौलाको भनाई छ । उक्त योजनाअनुसार सहलगानी अन्तरगत ठेकेदारले ८ किलोमिटर पाइप लाइन बिस्तार गरिसके र उपभोक्ताको तर्फबाट ४८ किलोमिटर बिस्तार गर्नुपर्ने छ ।
महेन्द्र राजमार्गको चौडाई बिस्तारले संस्थाले यसअघि बिस्तार गरेको पाइपलाई ठाउँ सारी गर्न चुनौती र समस्या थपिएको छ । बाटो सानो हुँदा बिस्तार गरेको पानीको पाइप बाटोको मापदण्ड बढेपछि सोही मापदण्ड अनुसार सार्नुपर्ने अवस्था आएको हो । झन्डै १२ किलोमिटरबढी पाइप निकाल्न र पुनः बिस्तार गर्नुपर्दा संस्थालाई आर्थिक भार र नेतृत्वलाई सफलतामा चुनौती दुबै थपिइनेछ ।
यी सबै चुनौतीको सामाधान निर्वाचनपछि आउने नयाँ कार्यसमिति वा नेतृत्वले जिम्मा लिनुपर्नेछ । खानेपानीको पाइपलाई सडकको हालको मापदण्डमा सार्न १ करोडबढी खर्च आउने अध्यक्ष निरौलाको नेतृत्वको अनुमान छ ।
२०६४/०६५ सालमा एसियायी बिकास बैंक, नेपाल सरकार, स्थानीय पालिका र उपभोक्ताको लगानी सुरु गरिएको खानेपानीको योजनाअन्तरगत ४ लाख ५० हजार घनमिटर खानेपानी ट्याङ्की निर्माणपछि उपभोक्तालाई शुद्ध पिउने पानी बितरण सुरु गरिएको थियो । तर, दुई वटा बोरिङबाट संन्चित गरिएको प्रशोधित पानीको माग बढेपछि उपभोक्ताप्रतिको जवाफदेहि बन्न अर्को चुनौती थप भनेको छ ।
२४ सैं २७८१  घर सदस्यलाई पानी बितरण क्षमता रहेको उक्त क्षमताको ट्याङ्कीबाट हाल ३१५० घरधुरीलाई बितरण गर्दै  आएको अध्यक्ष निरौलाले बताए । उनका अनुसार पानीको माग बढ्दै आएको छ । माग पूरा गर्न बोरिङको पानी निरन्तर मोटरले संचित गर्ने ट्याङ्कीमा फाल्दा जमिनमुनीको पानीको लेयर घटेको छ । गत वर्षदेखि नै मोटरले पानी फाल्दा समस्या आएपछि सफाइ गरेको थियो । सफाई गर्दा पनि समस्या नटरेपछि दुईवटै बोरिङको पाइप गाडेको ठाँउभन्दा १८ मिटर मुनि भसाँइएको थियो । त्यती गरेपछि मात्रै पानीको अभाव टर्न थालेको छ । मेचीनगरका ११,१२,१३,१४ मा पिउँने पानी पुर्याउनका लागि सहलगानीको माध्यमबाट २ वटा बोरिङ र एउटा ओभर ट्याङ्की निर्माण  गर्नुपर्दछ ।