झापा । झापा मेचीनगरको निन्दा खोला नजिकै घाँरीमा सालनालसहितको नवजात शिशु फेला परेको छ । बिहीबार  बिहान अन्दाजी ६ः३० बजे मेचीनगर नगरपालिका-१० स्थित निन्दा खोलानजिकै घारीमा सालनालसहितको नाङ्गै जीवित नवजात शिशु (छोरी)लाई कमिलाले टोकिरहेको रक्ताम्मे अवस्थामा मेचीनगर-११ सृजना टोल बस्ने ३७ वर्षीया इन्दिरा प्रसाईँ (अधिकारी) ले मर्निङ वाक गर्ने क्रममा फेला पारेकी थिइन् ।

इलाका प्रहरी कार्यालय धुलाबारीमा दिउँसो १ बजे अधिकारीले ती नवजात शिशु ल्याई जिम्मा बुझाएकी थिइन् । सामान्य अवस्थाका ती शिशुलाई १० नं. वडा कार्यालयमार्फत फेला पार्ने महिलालाई संरक्षणको लागि जिम्मा दिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले बताए ।