चारआली । चारआली साना शहरी तथा खानेपानी सरसफाई संस्थाको आसन्न निर्वाचनमा मतदान सम्पन्न भएको छ ।शनिबार मेचीनगर-१२ स्थित सरस्वती बाल कल्याण माबिमा १ हजार ७ सय ८१ जना मतदाताले मतदान गरेका छन् । २ हजार ६ सय ९५ जम्मा मतदातामध्ये १ हजार ७ सय ८१ मत खसेको निर्वाचन अधिकृत सन्तोष नेउपानेले जानकारी दिए । निर्वाचनको परिणामका लागि साँझ ६ बजेबाट मतगणना गरिने जनाएको छ ।
७ दलको छुट्टै साझा समुह, नेकपा एमाले र नेपाली काङ्ग्रेसले छुट्टाछुट्टै प्यानलबीच प्रतिस्पर्धा रहेको निर्वाचन सफल भएको निर्वाचन अधिकृत सन्तोष नेउपानेले जानकारी दिए ।
७ दलको छुट्टै साझा समुह, नेकपा एमाले र नेपाली काङ्ग्रेसले छुट्टाछुट्टै प्यानलबीच प्रतिस्पर्धा रहेको निर्वाचन सफल भएको निर्वाचन अधिकृत सन्तोष नेउपानेले जानकारी दिए ।उनका अनुसार ९ सय १४ मतदाता मतदानमा सहभागी नभएको जनाएको छ । तीनवटै प्यानलका अध्यक्षमध्ये कस्ले जीत हासिल गर्लान् भन्ने कौतुहल रहेको छ ।
आआफ्नो उम्मेद्वार र प्यानलले नै निर्वाचनमा बाजी मार्ने आकडा सहभागी राजनीति दलले गरेका छन् ।
आआफ्नो उम्मेद्वार र प्यानलले नै निर्वाचनमा बाजी मार्ने आकडा सहभागी राजनीति दलले गरेका छन् ।सात राजनीति दलबाट साझा उम्मेद्वार समुहको तर्फबाट राजन चिमरियाले अध्यक्षको उम्मेद्वारी छ ।
उपाध्यक्षमा मैया कार्की, सचिवमा प्रेमराज घिमिरे र कोषाध्यक्षमा साउन मेचे बादलको उम्मेद्वारी छ । अन्य सदस्य धाइजन-१,२,३,४,५,६ र दुहागढी ४,५ र ६ बाट सदस्य दिएका छन् ।

सदस्यहरु डिल्लीराम अधिकारी, चन्द्रकला आङदाम्बे, पुरुषोत्तम सिग्देल, अञ्जु फेवदिन, तेजबहादुर लिम्बु निर्वाचन मैदानमा उत्रेका छन् । लेखा संयोजक अर्जुन खनाल र सदस्य टीकाराम रिजाल रीतादेबी रिजाल रहेका छन् ।
नेपाली काङ्ग्रेसले बालकुमार बिष्टलाई समितिको नेतृत्वमा उम्मेद्वार उठाएको छ । उपाध्यक्षमा दीपा पौडेल, सचीवमा राजेन्द्र रिजाल, कोषाध्यक्ष यमकान्त पौडेललाई मैदानमा थियो । त्यसैगरी सदस्यमा सुकुम्बार मेचे, रम्बा राजबंशी, धनमाया बस्नेत, लक्ष्मी घिमिरे रहेका छन् । लेखा समितिको संयोजकमा मोहन अधिकारी र सदस्यमा हरिप्रसाद रिमाल र जमुना ओलीलाई पार्टीले उम्मेद्वार उठाएको छ ।
नेकपा एमालेले सन्तोष मेचेलाई नेतृत्व गर्न मैदानमा उतारेको छ । उपाध्यक्षमा पुष्पा गौतम, सचीवमा दामोदर घिमिरे, कोषाध्यक्षमा प्रकाश बराल र सदस्यहरुमा हरि घिमिरे, कुमार भण्डारी, राजेन्द्र कार्की, भागिदार खतिवडा, लीला कार्कीले उमेद्वारी दिएका छन् ।लेखा संयोजक रेवत दाहाल, सदस्यहरु श्रीप्रसाद पाठक, बिमला मिश्र रहेका छन् ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष पदका लागि प्रतिस्पर्धा खुल्ला गरिएको छ । भने उपाध्यक्ष पदमा महिलालाई अनिवार्य गरिएको छ । त्यस्तै साबिक दुहागढीको ४,५ र ६ बाट २ सदस्यीयमध्ये १ जना महिला अनिवार्य, धाइजनको ५ र ६ बाट २ सदस्यीयमध्ये १ जना महिला अनिवार्य र धाइजन १,२,३ र ४ बाट १ सदस्यीय अनिवार्य गरिएको थियो । त्यसैगरी लेखा समितिको संयोजक एक जना र एक जना महिलासहित २ सदस्यीयले लेखा समितिमा प्रतिस्पर्धागर्ने जनाएको छ ।























































