चारआली । झापाको चारआली खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको कार्यसमितिका लागि मतगणना सूरु भएको छ । साँझ ६ बजेबाट मतगणना सुरु गरिने भनिएपनी डेढ घण्टापछि सूरु भएको निर्वाचन समितिले जनाएको छ ।
चारआली खानेपानी उपभोक्ता समितिको कार्यालयमा नै मतगणना सूरु गरिएको हो । आजै रातिसम्ममा मतगणनाको अन्तिम परिणाम आउने जनाएको छ । 

मेचीनगर-१२ मा मतदान शनिबार विहान ८ बजेदेखि ३ बजेसम्म सरस्वती वालकल्याण मावि भएको थियो । मतगणना दुई ठाउँमा गणना भएको हो । संस्थाका दुई हजार ६ सय ९५ मतदातामध्ये एक हजार ७ सय ८१ जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक सन्तोस नेउपानेले जानकारी दिए ।
सात राजनीति दलबाट साझा उम्मेद्वार समुहको तर्फबाट अध्यक्षमा राजन चिमरिया, । नेपाली काङ्ग्रेसले बालकुमार बिष्ट रनेकपा एमालेबाट सन्तोष मेचे अध्यक्षमा उम्मेद्वारीसहित मैदानमा उत्रेका हुन् ।























































