झापा । बिर्तामोडस्थित रामचोकको सडकखण्डमा ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट स्कुटर चालक शिवसताक्षी-७ बस्ने २२ वर्षीया रोजी कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको दुवै हातखुट्टा र अनुहारमा चोट लागेर घाइते भई बिर्तासिटी अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि बिएन्डसी अस्पताल लगिएकोमा राति ८ः१५ बजे उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । शनिबार  साँझ अन्दाजी ६ बजे बिर्तामोड-२ रामचोकस्थित पूर्वपश्चिम राजमार्गमा चारपानेबाट मुक्तिचोकतर्फ आउँदै गरेको ना. ३ ख ४३६४ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको मे. १० प ६०१७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

स्कुटरको पछाडी बस्ने सोही ठाउँकी २८ वर्षीया सरिता राउत सामान्य घाइते भएकी छन् । दुर्घटनापछि स्कुटर, ट्रक र ट्रक चालक अर्जुनधारा-९ बस्ने ५२ वर्षीय राजकुमार कार्कीलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।