चारआली । झापाको चारआली खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको कार्यसमितिको ३ सय मतपत्र गणनाको नतिजा अनुसार साझा समुहका उम्मेद्वार अघि रहेका छन् ।
साझा प्यानलका अध्यक्ष राजन चिमरियाले १५७ मत प्राप्त गर्दा एमालेका अध्यक्ष उम्मेद्वार सन्तोष मेचेले ८९ र नेपाली काङ्ग्रेसका अध्यक्ष बालकुमार बिष्टले ४४ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा मैया कार्कीले १०६ मत, काङ्ग्रेसका दीपा पौडेलले ६२,एमालेका पुष्पा गौतमले ७७ मत प्राप्त गरेका छन् ।
सचिवका प्रत्यासीमध्ये साझाका प्रेमराज घिमिरेले ११८ मत, एमालेका दामोदर घिमिरेले ९० मत र काङ्ग्रेसका राजेन्द्र रिजालले ४९ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्ष पदमा साझा समुहका साउन मेचे बादलले १०८ मत, एमालेका प्रकाश बरालले ९४ मत र काङ्ग्रेसका यमकान्त पौडेलले ६४ मत प्राप्त गरेका छन् ।
सदस्यमा साझा समुहका तर्फबाट सदस्य पुरुषोत्तम सिग्देलको १०६ काङ्ग्रेसका लक्ष्मी घिमिरेको ५३ ,एमालेका कृष्णप्रसाद भण्डारीले ८५ मत पाएका छन् ।
सदस्यमा साझा समुहका चन्द्र तवेबुङले ११६, काङ्ग्रेसकी रन्भाकुमारी राजबंशीले ५६ र एमालेकी लीलादेबि कार्कीले ८८ मत पाएका छन् ।
धनमाया बस्नेत ६१, राजेन्द्र कार्की ८४ र तेजबहादुर लिम्बुले १०० मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा सुकुमार मेचे ६४, हरिप्रसाद घिमिरे १००, डिल्लीराम अधिकारीले ८३ मत प्राप्त गरे । महिला सदस्यमा शान्ता नेम्बाङले ५८, भगिरथा खतिवडा ८०, अन्जु फेवादिनले १०३ मत प्राप्त गरिन् ।
त्यस्तै लेखा समिति संयोजकमा मोहन अधिकारीले ७४, रेवतकुमार दाहालको ८४ र अर्जुन खनालले ९६ मत प्राप्त छन् । त्यस्तै खुल्ला सदस्यहरुमा रुद्रप्रसाद रिजालले १०८, श्रीप्रसाद थापाले ८३ र हरिप्रसाद रिमालले ५४ मत ल्याएका छन् ।
त्यस्तै महिला सदस्यमध्ये बिलमा मिश्र ९६, रितादेबि रिजाल न्यौपानेले ११३ र जमिनादेबि ओली खरेलले ४७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।























































