बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजले १४ औँ वार्षिक साधारणसभामा विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई सम्मान गरेको छ ।
शुक्रवार सामुदायिक भवनमा सम्पन्न साधारणसभामा समाजमा योगदान गर्ने व्यक्तिलाई सम्मान पत्रद्वारा सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा चराको संरक्षणमा काम गर्ने देबेन्द्र खरेल, हात्तीको क्षेत्रमा काम गर्ने शंकर लुईटेल, सुरज देवकोटा, सन्तोष खवास, सन्तोष भट्टराई, विद्या विकास एकाडेमीलाई सम्मान गरिएको थियो । यसैगरी, संस्थामा एक वर्ष विभिन्न क्षेत्रबाट सहयोग गर्ने जेसीजहरुलाई अवार्ड प्रदान गरिएको थियो । विमल रणपहेलीलाई वर्ष उत्कृष्ट अवार्ड प्रदान गरिएको हो । यसैगरी, शुष्मा मिश्र, रिना दर्जी, सदेश पौडेल, प्रविण चापागाई, विदात गिरी, एरिल पौडेल, नित्यानन्द चम्लागाई, पवन बराइलीलाई अवार्ड प्रदान गरिएको थियो ।
२०२४ का अध्यक्ष देबु बानियाँको अध्यक्षता तथा प्रदेश सांसद गोपाल तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्की, मेचीनगर १ का वडा अध्यक्ष रामकुमार राई, मेचीनगर २ का वडा अध्यक्ष दिपक बराल, संस्थापक अध्यक्ष नबिन बराल, पूर्व अध्यक्ष बद्री निरौला, चारआली खानेपानीका अध्यक्ष राजन चिमरिया, भानु माबिकी प्रधानाध्यापक खड्गकुमारी तिम्सिना, लगायतले संस्थाले एक वर्षमा गरेको कामको प्रशंसा गरेका थिए ।
कार्यक्रम संयोजक सामुल रायाले स्वागत गरेको कार्यक्रमको आस्थापाठ कार्यकारीणी उपाध्यक्ष शुष्मा मिश्र तथा सन्चालन महासचिव कौशल उप्रेतीले गरेका थिए ।
यो अधिवेशनले नयाँ नेतृत्व ल्याउनेछ । आज बन्द सत्रमा उम्मेदवारी दर्ता गरिएको छ । अध्यक्षमा नित्यानन्द चम्लगाई र निकेशराज दाहालको उम्मेदवारी परेको छ । नित्यानन्द वर्तमान कोषाध्यक्ष हुन भने निकेश संस्थापक सदस्य हुन । यसैगरी दुई जनाको पद रहेको कार्यकारीणी उपाध्यक्षमा किरण गौतम, सदेश पौडेल, डिल्लीराज भारती र रोशन गिरीको उम्मेदवारी परेको छ । ४ जनाको उपाध्यक्षमा प्रविण चापागाई, विमल रणपहेली, भरत चम्लगाई र रिना दर्जीको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य तथा निवर्तमान अध्यक्ष केवल निरौलाले बताउनु भयो । निर्वाचन तालिका अनुसार १५ गते उम्मेदवारी तालिम र २२ गते निर्वाचन हुनेछ ।























































