धुलाबारी । पुर्वपश्चिम राजमार्ग अन्तरगत झापाको मेचीनगर-१३ तेलिबारीमा यात्रुबहाक बस र मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका मे १० प ३५७२ नम्बरको मोटरसाईकल चालक भद्र्पुर-१० का ५५ को किसन न्यौपानेको अस्पताल लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीका इन्चार्ज पाण्डवप्रसाद राजबंशीले जानकारी दिए ।

बागमति प्र-०१-००६ ख ४९०९ नम्बरको बस र त्यसका चालक उदयपुर चौडण्डीगढी नगरपालिका- ६ का ४२ बर्षीय बिजयकुमार यादव इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा रहेको घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ ।