धुलाबारी । झापाको मेचीनगर-१० धुलाबारीस्थित भैरव स्टोरबाट लत्ताकपडा चोरी गर्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत मंसिर १९ गते राति भैरव स्टोरबाट अन्दाजी ३ लाख मूल्य पर्ने लत्ताकपडा चोरी गरेको सिसि टिभीको आधारमा प्रहरीले अप्रेसन सुरु गरेको थियो । इलाका प्रहरी कार्यालय धुलाबारीका इन्चार्ज पाण्डबप्रसाद राजबंशीको नेतृत्वमा खटेको टोलीले मेचीनगर-१० टिमाई भेली बस्ने बर्ष २८ को दुखु मियाँ र २१ वर्षका तेजराज बिष्टलाई पक्राउ गरेको हो ।

उनीहरुले लुकाछिपाई राखेको अवस्थामा लत्ताकपडा समेत बरामद गरेको र थप अनुसन्धान गरेको इन्चार्ज राजबंशीले बताए ।