चारआली । झापाको चारआलीमा रहेको पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवर्धन समितिको अध्यक्षमा लोकराज ढकाल सर्वसम्मतबाट निर्वाचित भएका छन् । मंगलवार भएको मनोनयन दर्तामा अध्यक्ष पदमा ढकालको मात्र उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक टेकनाथ उप्रेतीले जनाएका छन् ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापित तथा अग्रज पत्रकार ढकालको नेतृत्वमा १४ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा यमनाथ बराल, महिला उपाध्यक्षमा पुष्पा बोखिम, सचिवमा नवराज भट्टराई, सहसचिवमा डिल्लीराम अधिकारी र कोषाध्यक्षमा लालबहादुर थेवेसहित ३ सदस्य थप गर्ने गरी १४ सदस्यीय समिति सर्वसम्मत  भएका हुन् ।

त्यस्तै, महिला सदस्यमा गणेशकुमारी न्यौपाने, मुना श्रेष्ठ र दुर्गा भूजेल तथा खुला सदस्यमा प्रेमप्रसाद भट्टराई, रमेश भट्टराई, संगीत शिवाकोटी सर्वसम्मत मनोनीत भएका छन् ।