झापा । दमकको बसपार्कस्थित मिलन होटेल एण्ड लजमा दुईजना युवतीसंग राति बसेका एक व्यक्ति मृत फेला परेका छन् ।
संगै बस्ने नामथर, वतन नखुलेका दुईजना युवतीलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमक लगिएको छ । त्यस्तै प्रहरीले होटल संचालिका निर्मला केसीलाई समेत नियन्त्रणमा लिएको छ। बसपार्कमा रहेको मिलन होटेल एन्ड लजमा यौन धन्दा हुँदै आएको बताइन्छ । यौन कार्य गर्न आएका व्यक्तिको मृत्यु भएको आशंका गरिएको छ ।























































