बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले ३६ औं स्थापना दिवसको अवसर पारेर सञ्चारकर्मी डायरी विमोचन तथा १४ औं पदहस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

बिर्तामोडसिथत इन्द्रेणी व्यांक्वेटमा आयोजित कार्यक्रमकाबीच महासंघ झापाले स्थापना दिवासका सहितका कार्यक्रम गरेको हो । नेपाल पत्रकार महासंघका संस्थापक महासचिव तथा झापाका अग्रज संचारकर्मी चन्द्र भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै सञ्चारकर्मी डायरी विमोचन गरेका थिए । प्रमुख अतिथिसमेत रहेका भण्डारीले महासंघ झापामा आवद्द २२० संचारकर्मीको व्यक्तिगत विवरण सहितको सञ्चारकर्मी डायरीको विमोचन गरेका हुन् ।FB_IMG_1735044865758नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष केशव भट्टराईले गरेका थिए । सो अवसरमा झापा शाखालाई उत्कृष्ठ बनाउन प्राविधिक सहयोग पुर्याएको भन्दै सन्तोष शर्मा, सन्तोष अधिकारी, रुपा मुखिया, महासंघकी कर्मचारी अनुषा चुडाललाई सम्मान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि भण्डारीले सम्मान पत्र प्रदान गरेका थिए ।

सो अवसरमा नव निर्वाचित महासंघका पदाधिकारीहरु, प्रदेश परिषद् सदस्य र राष्ट्रिय परिषद सदस्यलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।

निर्वाचन समिति संयोजक शिरो सान्दाई (शिरोमणि खतिवडा) ले नव निर्वाचित समितिको नाम घोषणा गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा शिरो सान्दाईले पत्रकार उपचार कोषमा  नगद १५ हजार रुपैयाँ प्रदान गरेका थिए । महासंघका नवनिर्वाचित अध्यक्ष एकराज गिरीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।IMG_20241224_184255महासंघ झापा शाखाले निर्वाचन समितिलाई कदरपत्र प्रदान गरिएको थियो । निर्वाचन समिति संयोजक खतिवडा सहित निर्वाचन अधिकृत अधिवक्ता दीपेन्द्र भट्टराई, लक्ष्मी खनाल कोइराला र प्राविधिक प्रमुख विगम श्रेष्ठलाई कदरपत्र प्रदान गरिएको थियो ।

महासंघ झापा शाखाको सम्पन्न निर्वाचनमा सचिव पदमा राजु पाठक र प्रदीप परियारको मत बरावर आएसंगै गोला प्रथाबाट पहिलो कार्यकाल पाठक र दोस्रो कार्यकाल परियारले सञ्चालन गर्ने भएका छन् ।FB_IMG_1735046058218कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल, अग्रज पत्रकार गोविन्दचन्द क्षेत्री सहित नेपाल पत्रकार महासंघ कोशी प्रदेस उपाध्यक्ष अम्विका भण्डारी, कोषाध्यष विमल लामिछाने, फोनिजका केन्द्रीय सदस्य दीपिन राई, पत्रकार राजेन्द्र गौतम, गिरिराज भट्टराई, प्रदिप परियार, शम्भूजीत दाहाल लीला अनमोल लगाायतले शुभकामना मन्तव्य राखेका थिए ।FB_IMG_1735045999800

FB_IMG_1735046050247

FB_IMG_1735045958879

FB_IMG_1735045956630 कार्यक्रमको सञ्चालन डिकेश लामा र राजु पाठकले संयुक्त रुपमा गरेका थिए ।