झापा । सरकारले सहकारी ऐन २०७४ संशोधन गरी दोहोरो पदमा बस्ने बाटो खुला गरिदिएको छ ।
विद्यमान सहकारी ऐन २०७४ को दफा ४१ (५) मा कुनै एक व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था थियो । उक्त दफा संशोधन गरी प्रारम्भिक सहकारी संस्थाको संचालक माथिल्लो तहको कुनै एक संघमा र संघमा रहेको सञ्चालक माथिल्लो तहको कुनै एक संघमा सञ्चालक हुन पाउने व्यवस्था गरिदिएको छ ।
यो व्यवस्थाले दोहोरो पद ओगटेका सहकारीका सञ्चालकलाई फाइदा पुगेको छ ।
त्यस्तै उपदफा (६) थप गरिएको छ । उपदफा (६) मा ‘कुनै पनि व्यक्ति सहकारी संस्थाको सञ्चालक पदमा दुई कार्यकाल भन्दा बढी अवधिको लागि निर्वाचित हुन र बहाल रहन सक्ने छैन ।’ भन्ने व्यवस्था गरेको छ ।























































