धुलाबारी । झापाको मेचीनगर नगरपालिका वडा नम्बर-०९ गैरीगाँउ स्थित लागुऔषध सहित एकजनालाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिइएको छ । 

लागुऔषधको कारोबार तथा बेचबिखन हुँदै गरेको भन्ने बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोली साेही वडा बस्ने २८ बर्षका २८ सालु भन्ने अजय राजवंशीलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले राजवंशी बस्दै गरेको कोठामा खानतलासी गर्दा साईकलको हेण्डलको सकअपको प्वालभित्र लागुऔषध ब्राउन सुगर  प्लाष्टिक बाहेक ५ ग्राम ९० मिलिग्राम बरामद गरेको हो ।

साथै राजवंशीले प्रयोग गर्दौ आएका बिभिन्न कम्पनीको ५ थान मोबाईल र नेपाली नगद ५०,१५०/- (पचास हजार एक सय पचास), एक थान साईकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।