मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १४ मा आइतबार ११३ जना अपाङ्ग सर्वसाधारणले अभियानबाट सेवा लिएका छन् । अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रमबाट सेवा लिएका हुन् ।

मेचीनगरले अभियान कै रुपमा पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु गरेको उक्त कार्यक्रम आज १४ नम्बर वडामा सम्पन्न भएको हो । भोलि मेचीनगर-१५ मा सेवासहित अभियान सम्पन्न गरिने जनाएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण अभियान मार्फत हालसम्म करिव दुई हजार जनाले सो सेवा लिइसकेका छन् । अभियानमा विशेषज्ञ डाक्टरसहित अशक्तहरुलाई स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान तथा परिचय पत्र वितरण गरिएको मेचीनगर १४ का वडाध्यक्ष बाबुलाल सुब्बाले जानकारी दिए ।