बिर्तामोड । झापाको बिर्तामोड- ७ को मियाबाडिमा सोमबार बिहान धान मिलमा आगलागी हुँदा २५ लाखबढी धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय लालबहादुर अधिकारीले सञ्चालन गर्दै आएको मिल र गोठमा आगलागी हुँदा उक्त मूल्यको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ । मिलमा आगलागी हुँदा नजिकैको गाईगोठमा सल्किएपछि बाँधेको अवस्थामा रहेको २ वटा गाईको बाछो २ वटा बाख्रा जलेको प्रहरीले जनाएको छ
धान, मकै, तेल मिलमा प्रयोग हुने उपकरणसहित अन्य सुरक्षित ढंगले राखेको धान, मकैसहित पुर्ण रुपमा जलेर नष्ट भएको बिर्तामोड-७ का अध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिए l
बिर्तामोड नगरपालिकाको दमकल गरामुनी प्रहरी चौकी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको छ ।























































