बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था उपइकाई बिर्तामोडको २८ औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।
सभामा संस्थाको वार्षिक आय-ब्यय तथा शेयर सदस्यलाई प्रदान गर्दै आएको सेवा सम्बन्धी बिषयमा दस्तावेजमा उल्लेख प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
सभाले अन्तिम माइनुट लेखनका लागि १७ जना छनोट गर्दै साधारण सभा सम्पन्न गरेको हो । इकाई शाखाबाट छनोट भएकामध्ये ३ जनालाई माइनुट लेखनका लागि जिम्मेवारी प्रदान गर्ने संस्था नियमनुसार छनोट गरिएको हो ।
उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष राजु न्यौपानेको प्रमुख अतिथ्यतामा सम्पन्न २८ औं साधारण सभामा डम्बरबहादुर देवजाले नीति तथा कार्यक्रम पेस गरेका थिए । सोमलाल लिम्बुले लेखा परीक्षण प्रतिवेदन वाचन गरेका थिए । 
क्षेत्रीय सदस्य दिलिप शर्मा, पत्रकार महासंघ झापाका पुर्वउपाध्यक्ष केशव भट्टराईले संस्थाको प्रगतीको अवस्थाको अधारमा देशकै उत्कृष्ट रुपमा सदस्यलाई सेवा प्रदान गरेको भन्दै आगमी दिनमा थप सुबिधाका लागि शेयर सदस्य आफै सकृय बन्नुपर्नेमा जोड दिएका थिए ।
संस्थाका संयोजक शंकरप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न २८ औं साधारण सभामा रमेश अग्रवालले स्वागत र बिर्तामोड शाखाका प्रमुख सागर ओझाले सञ्चालन गरेका थिए ।























































