बनियानी । दिपज्योति सामुदायिक बनमा जंगली हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको छ ।

घटना मृत्यु हुनेमा कन्चनकेवल वडा नं. ७ की ३४ वर्षीया केलावती राजबंशी रहेकी छन् । उनी छिमेकीसँग घाँस र दाउराका लागि वन पुगेकी थिइन् ।

सामुदायिक बनमा साथीहरुसँग घाँस र दाउरा खोज्न क्रममा एक्ले हात्तीले लखेटेको प्रहरीले जनाएको छ । हात्तीको लखेटाइले महिलाहरुको भागाभाग भएको थियो । सो घटनापछि केलावती जंगलमै वेपत्ता भएकी थिइन् । अन्य भाग्न सफल भएका महिलाले दिएको सूचनाको आधारमा प्रहरीले घटना स्थल वरपर हराएकी महिलाको खोजी गरेको थियो ।  इलाका प्रहरी कार्यालय बनियानीको टोलीले जंगल सर्च गर्दा घाइते अवस्थामा उनलाई उद्धार गरेको थियो ।

उद्धारपछि भद्रपुरको ओमसाई पाथिभरा हस्पिटल र पछि प्रादेशिक अस्पतालमा उनको उपचार गरेर बचाउने प्रयास भएको थियो । तर, उनलाई चिकित्सकहरुले बचाउन सकेनन् ।