बिर्तामोड । उर्जा क्षेत्रमा लगानी नै देशको समृद्धिमा जोड हुने एक कार्यक्रमका बक्ताले बताएका छन् ।
उनिहरुले उर्जा क्षेत्र नेपालको बिकासको आधार बनेकाले यस क्षेत्रको सुनिश्चितताका लागि सबैले लगानी गर्न आग्रह गरेका हुन् ।
झापा इनर्जी लिमिटेडको छैठौं बार्षिक साधारण सभामा सहभागी सञ्चालकहरुले सामुहिक लगानीबाट सफल बनेको झापा इनर्जीले देशलाई उर्जा दिनसक्ने आधार बनाएकाले लगानी गर्न आग्रह गरेको हो । लगानी लागि केही समयमै आइपिओ खुल्नेसमेत सो अवसरमा जानकारी गरिएको छ । उक्त गौरवको योजनाले जलविद्युत वा उर्जाको क्षेत्रमा अपार सम्भावना रहेको र उर्जा उत्पादनका लागि गरिएको परिकल्पनाले मुर्त रुप पाएकाले अझ आधार खोज्नुपर्नेमा जोड दिएका थिए ।

कोशी प्रदेशका कृषिमन्त्री झलकसिंह दर्लामीले उर्जा क्षेत्रमा प्रशस्त आधार रहेकाे बताउँदै झापा इनर्जी लिमिटेडले नमूनाको रुपमा उत्पादनसँगै आम्दानी गर्दै आएको बताए । उनले कृषि, पर्यटन र उर्जा नै देशको बिकासको आधार बनेको समेत औल्याएका थिए ।
राष्ट्रिय सहकारी बैंक महेन्द्र गिरीले झापाबाट गौरवको योजना सुरु गरेकाले उर्जा क्षेत्रले मात्रै देशलाई समृद्ध बिकासमा पुर्याउने बताए । उनले आमनागरिकसँग लगानीको आधार रहेको तर बिश्वासको आधार नभएकाले खुलेर लगानी नभएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले उर्जा क्षेत्रको बिकासमा सञ्चार क्षेत्रले सहयोग पुर्याउने बताएका थिए । कम्पनी सचिव सरोज श्रेष्ठले झापा इनर्जीले २ वटा बैंकबाट लिएको ८८ करोड ८७ लाख ४३ हजार ६१ रुपैयाँ १२ वर्षमा कम्पनीको ऋण चुक्ता गर्ने योजना रहेको वार्षिक लेखा प्रतिवेदनमा उल्लेख रहेको बताए ।

अध्यक्ष लालप्रसाद लिम्बू एलपि साँवाले २०७५ असोज १६ गते निर्माण सुरु र ०७८ साल मंसिर १२ गते विद्युत प्राधिकरण र लिमिटेडबीच २५ वर्षको लागि सम्झौता भएको प्रतिवेदनमा उल्लेख बाचन गरेर जानकारी दिएका थिए । उनले १० मेघावाटबाट बढाएर अघि बढ्ने उल्लेख गरेका थिए ।

उनले दुई वटा बैंकबाट ७५ प्रतिशत बैंक, सर्वसाधारण २५ प्रतिशत लगानी रहेको र मङ्सिरभित्र ९ करोड २७ लाख आम्दानी गरेको बताए । उनले २०८१ जेठ ३० गते आइपिओ जारी गर्ने प्रस्ताव अघि बढाएको समेत उल्लेख गरेका थिए ।

कमल पनेरुले कम्पनीको बारेमा लेखा प्रतिवेदनमा उल्लेख बिषयबारे जानकारी गरेका थिए ।
लालप्रसाद लिम्बू एलपि साँवा अध्यक्षमा सम्पन्न कार्यक्रममा सञ्चालक रामचन्द्र उप्रेतीले स्वागत र प्रबन्धक सुवास भट्टराईले सञ्चालन गरेका थिए ।