धुलाबारी । मेची चेम्बर अफ कमर्श मेचीनगरले झापाको धुलाबारीमा आगमी माघ ४ गतेदेखि `दोस्रो मेची महोत्सव-२०८१´ को तयारी गरेको छ ।
स्थानीय क्षेत्रकाे कृषि तथा उद्योगबाट उत्पादित वस्तुको प्रवर्द्धन, पहिचानसहित बजारीकरण र लागुऔषध नियन्त्रण गर्ने उद्देश्यले माघ ४ गतेदेखि नौ दिने महोत्सवको तयारी गरिएको साेमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।IMG_20250106_144139
कृषि, व्यापार पर्यटन खेलकुद सांस्कृतिक सांगीतिक, औधोगिक प्रवर्द्धनको पुर्वाधार-समृद्ध निर्माणको आधार स्लोगनसहित महोत्सवको योजना बनाएको पत्रकारमाझ संस्थाका अध्यक्ष रबिनकुमार वस्नेतले जानकारी दिए ।
अन्य मेला-महोत्सवभन्दा छुट्टै बिशेषतासहित सञ्चालन गरिने दोस्रो महोत्सवमा कृषि र उद्योगबाट उत्पादित वस्तुको प्रवर्द्धन बजारीकरणसहित समाजमा ब्यप्त बनेको लागुऔषध दुर्ब्यशनी नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम गरिने जनाएको छ ।IMG_20250106_144804
स्थानीय क्षेत्रमा उत्पादन सामग्रीलाई कसरी ब्यवस्थापन गर्ने भन्ने बिषयमा सन्देश दिन नयाँ ढंगले महोत्सवको तयारी गरिएको अध्यक्ष बस्नेतको भनाई छ ।
जसका लागि नगरभित्र सञ्चालनमा रहेका सामुदायिक तथा निजी विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा अभिभावकलाई सहभागी गराइने महोत्सवको अर्को योजना रहेको संस्थाका वाणिज्य अध्यक्ष शान्तिराम चिमरियाले जानकारी दिए ।
मेचीनगरमा सामुदायिक र प्याब्सन गरी १०७ वटा विद्यालयमा समन्वय गरी बड्दो लागुऔषध दुर्ब्यशन नियन्त्रणका लागि चेतनामूलक कार्यक्रम गरिने जनाएको छ ।
मेलामा ३६ वटा स्थानीय कृषि तथा साना- ठुला उद्योगबाट उत्पादन भएका वस्तुको स्टल राखिने, मेलाअवधिभर नि:शुल्क स्वास्थ्य उपचार, रक्तदानसहितको शिविर सञ्चालन गरिने संस्थाका उपाध्यक्ष भीम कुँवरले बताए ।IMG_20250106_145654
स्थानीय राष्ट्रिय कलाकारलाई प्रोत्साहन, कृषि उत्पादनलाई प्रोत्साहन र लागुऔषध दुरुत्साहन गर्ने योजनाअनुरुप महोत्सवको तयारी गरिएको कुँवरको भनाई छ ।

आगामी माघ ४ देखि माघ १२ गते सम्म सञ्चालन गरिने महोत्सवलाई सफलता बनाउन २१ जनाको सचिवालय गठन गरिएको महासचिव प्रकाश खड्काले जानकारी दिए ।
उनका अनुसार महोत्सव सम्पन्न गर्न ६ लाख ५० हजार लाग्ने अनुमान गरिएको र मुख्य प्रायोजकका लागि नगरपालिका र अन्य संघ-संस्थासँग समन्वय गरिने जनाएको छ ।
महोत्सवमा खेलकुद सितोरियो कराँते, तेक्वान्दोलगायतका खेल गतिविधि गराइने भनेको छ । नगरभित्र लोपोन्मुख जातजातीका सांस्कृतिक झाँकी नृत्य र मनोरंजनात्मक खेल तमासा खेलाईने बताइएको छ । 

मेची चेम्बर अफ कमर्शले गत वर्षदेखि स्थानीय क्षेत्रमा उत्पादित वस्तुलाई प्रवर्द्धन गर्ने उद्देश्यले मेला-महोत्सवको आयोजना गर्दै आएको छ ।