झापा । विस्कुटको प्याकेटभित्र ब्राउनसुगर लुकाएर ल्याउँदै गर्दा दुई युवायुवती मेची पुलमा पक्राउ परेका छन् ।गएराति ८.३० बजे काँकरभिट्टास्थित पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा काँकरभिट्टातर्फ आउँदै गरेका पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नं. ४ रवि बस्ने ३१ वर्षीय दिलप्रसाद राई र सोही पालिकाको वडा नं. ५ स्थाई ठेगाना भई हाल दमक २ हिमालय टोलमा डेरा गरी बस्ने २९ वर्षीया स्मारिका नेम्बाङ ब्राउनसुगरसहित पक्राउ परेका हुन् । उनीहरुले झोलामा पतन्जली दुध लेखिएको विस्कुटको प्याकेटभित्र लुकाएर ब्राउनसुगर ल्याएका थिए ।

प्लाष्टिकबाहेक ४ ग्राम ब्राउनसुगरसहित दुवैलाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।