कास्की । कास्की जिल्ला अदालतले धरौटी मागेअनुसार रास्वपाका सभापति रवि लामिछानेले बैंक ज्ञारेन्टी बुझाएका छन् । उनले धरौटी माग ६५ लाख बराबरको बैंक ज्ञारेन्टी अदालतमा पेस गरेको प्रहरी स्रोतले बताएको छ । 

रास्वपाका सभापति लामिछाने सहकारी ठगी प्रकरणमा अहिले नै कसुरदार रहेछन् भन्ने  मनासिब आधार नदेखिए पनि तत्कालको प्रमाणहरूबाट थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने भएकाले अहिलेलाई धरौटीमा छाड्ने आदेश दिएको अदालतले जनाएको छ ।