सुरुङा । सुरूङ्गा प्रेस क्लबको अध्यक्षमा लीलाराज खड्का (झापाली) निर्वाचित भएका छन् । शुक्रवार झापाको सुरुङ्गामा भएको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट झापाली अध्यक्षमा निर्वाचित भएका हुन् । नव समितिको उपाध्यक्षमा संगीता उप्रेती र सिएम शर्मा, सचिवा मनोज बस्नेत, सह–सचिव अनुप भण्डारी, कोषाध्यक्ष चन्द्रकुमार बस्नेत निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरूमा आईपी भट्टराई, जनक न्यौपाने, केशव चापागाई, सुस्मा कुमाल, सूर्यप्रकाश अधिकारी चयन भएका छन् ।
नयाँ नेतृत्व चयन गर्न सल्लाहकार संयोजक सूर्यप्रकाश उप्रेती निर्वाचन अधिकृत, तीर्थराज खरेल, रेजिना रोदन सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो। सोही कार्यक्रमकाबीच नेपाल पत्रकार महासंघमा निर्वाचित अध्यक्ष एकराज गिरीसहित पदाधिकारी तथा सदस्यलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले नवनिर्वाचित पदाधिकारीलाई शुभकामनासहित मर्यादित पत्रकारिता गर्न आग्रह गरेका छन् । कार्यक्रममा शेरबहादुर थापा, युवराज चम्लागाई, सूर्यप्रकाश उप्रेतीलगायतले नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिएका थिए ।
रामप्रसाद निरौलाको अध्यक्षता एबम् कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कार्यक्रममा सञ्चारकर्मी अमृत योङहाङलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा उपाध्यक्ष सावित्रा दाहाल भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव मनोज बस्नेतले गरेका थिए।























































