झापा । तामाङ समुदायले आज विविध कार्यक्रम गरी देशका विभिन्न ठाउँमा हर्षोउल्लासका साथ राष्ट्रिय पर्व सोनाम ल्होछार मनाएको छ ।  प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइने गरिन्छ । Screenshot_2025-01-30-15-06-05-639_com.facebook.katana-editमुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।IMG_20250130_142935झापाको मेचीनगरस्थित नेपाल तामाङ घेदुङ मेचीनगर समितिले चारआलीमा बृहत कार्यक्रम गरी मञ्जुश्री संवत अनुसार २८६१ नयाँ वर्ष तथा राष्ट्रिय पर्व सोनाम ल्होछार मनाएको छ ।
सोनाम तामाङको अध्यक्षतामा एबम् प्रदेश सदस्यीय गोपाल तामङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा तामाङ समुदायले परम्परागत रुपमा मनाउँदै आएको वैदिक विधि तथा पहिचान झल्कने सांगीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।
कार्यक्रमअघि चारआली चोक परिक्रमापछि झाँकी नृत्य, गीतसहित शुभकामना आदानप्रदान गरिएको अध्यक्ष तामाङले जानकारी दिए ।
त्यसैगरी नेपाल तामाङ घेदुङ अर्जुनधारा नगर समितिले पनि राष्ट्रिय पर्व सोनाम ल्होछार मनाइएको छ ।IMG_20250130_142956
अध्यक्ष बृखबहादुर गोले तामाङको अध्यक्षतामा अर्जुनधारा-९ को कालिस्थान माविको प्राङ्गढमा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ कोशी प्रदेश समितिका अध्यक्ष रेखबहादुर तामाङको प्रमुख आतिथ्य र अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङको बिशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा तामाङ समुदायका राष्ट्रिय कलाकार रितु तामाङ र बैरागी मोक्तानले तामाङ सेले गाएर सहभागिहरुलाई नचाएका थिए । गायक पदम राईले सांगीतिक प्रस्तुति दिएका थिए । विभिन्न विद्यालयका नृत्य कलाकार तथा स्थानीय कलाकारहरुले सांस्कृति तथा सांगीतिक प्रस्तुती राखेका थिए ।Screenshot_2025-01-30-15-06-39-742_com.facebook.katana-editकार्यक्रम संयोजक सन्त गोम्देन तामाङले स्वागत गरेको कार्यक्रममा अर्जुनधारा नगर खेलकुद विकास समितिका सचिव खगेन्द्र लिङ्देन, नेपाल तामाङ घेदुङ बुद्धशान्तीका अध्यक्ष देवीध्वज तामाङ, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति झापाका अध्यक्ष जगत तामाङ, नेपाल तामाङ घेदुङ संघिय सदस्य तथा झापा इन्चार्ज देबराज तामाङ र कोशी प्रदेश अध्यक्ष रेखबहादुर तामाङले शुभकामना सहितको भनाई राखेका थिए ।