सुरुङा । झापाको कन्काई नगरपालिका-२ सुकेडाँगीमा आगलागी हुँदा गोठ जलेर नष्ट भएको छ ।
आज सुकेडाँगी बस्ने देउकुमारी राईको गोठमा बालेको आगोबाट अचानक आगलागी भएको हो । आगलागीबाट गोठमा रहेको १० वटा प्लाटिकको ड्रम, १८ वटा कुखुरा, पराल, काठपात, कुटी काट्ने मेशिन र गाईगोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । सो आगलागीबाट ४ लाख ५० हजार बराबरको क्षति भएको जनाइएको छ ।

सोही गोठमा रहेको एउटा गाई र बाछा घाइते भएका छन् । त्यस्तै देउकुमारी राईको आगो निभाउने क्रममा घाइते भएकी छन् । स्थानीय र छिमेकी बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।