बिर्तामोड । `नो केवलकार´ समुहद्वारा निर्माणको बिरोधमा झापाको बुद्धशान्ति-१ स्थित मेची  राजमार्ग बन्द गरिएको छ । बिहीबार बिहान ९ः३० बजेदेखि मेची राजमार्ग बन्द गर्ने कार्यक्रम अनुरुप बन्द गरिएको हो ।  प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका झापा जिल्ला सह-संयोजक राजा आङथुपोको नेतृत्वमा बन्दकर्ताले इलामतर्फ जाने सार्वजनिक  तथा निजी यात्रु, मालबाहक, चारपाङ्ग्रे सवारी सञ्चालनमा अवरुद्ध गरेका थिए । 

बन्दकर्ताहरुले केवलकार चाइदैन, राज्य हस्तक्षेप बन्द लगायका नाराबाजी गर्दै सवारी साधन बन्द गरेका छन् । बिहान ११ बजे  मुक्कुमलुङ संघर्ष समिति झापा अध्यक्ष हिमालय प्रकाश आङ्दाङ्बे नेतृत्व, प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिका झापा जिल्ला सह संयोजक राजा आङथुपो, मुक्कुमलुङ संघर्ष समितिका झापा जिल्ला सह संयोजक पुर्ण सुहाङ, एलभि कमान्डर करण शेर्पा लगायतले अगुवाइ गरेका थिए । 

बन्दकर्ताले इलामतर्फ जाने सार्वजनिक यात्रुबाहक सवारीसाधन पुर्णरुपमा बन्द, निजी चारपाङ्ग्रे गाडी पुर्णरुपमा बन्द,  अटो-टेम्पो समेत बन्द, एम्बुलेन्स, बिरामी बोकेका गाडी, मरिमराउको गएका, दूध चियाका गाडी, मोटरसाइकल सञ्चालनमा रहेका छन् ।