झापा । ताप्लेजुङकाे  तिलजुङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । शनिवार दिउँसो ३:३०बजे ताप्लेजुङ मिक्वाखोला-५ तिलजुङ बस्ने अन्दाजी ४० वर्षीया तेजकला लिम्बूको भीरबाट लडेर मृत्यु भएको हो ।

आफ्नो घरबाट एक किलोमिटर दक्षिणपूर्वमा रहेको जंगलमा घाँस काटेर घर फर्कने क्रममा ठूलो ढुंगाको भीरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।