काँकरभिट्टा । लामा छाम तथा तामाङ साँस्कृतिक सेलो `केसाङ लामाको एकल´ बुद्ध महावाणी चित्रकला प्रदर्शनी झापाको काँकरभिट्टामा बुधबार सम्पन्न भएको छ ।
केसाङ आर्ट क्रिएसन र आदर्श माध्यमिक बिद्यालयको संयुक्त आयोजनामा सम्पन्न प्रदर्शनीको नेपालको राष्ट्रिय गानका गितकार ब्याँकुल माइलाले दिप प्रज्वलन र चित्रकला प्रदर्शन गरेर उद्घाटन गरेका थिए ।

भगवान गौतम बुद्धको चित्र प्रदर्शनी गरिएको कार्यक्रमममा लामा गुरुले लामा वैदिक मन्त्र बाचन तथा लामा र तामाङ समुदायको तामाङ सेलो नृत्य, गीत तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय गानका गितकार ब्याँकुल माइला प्रदीपकुमार राई, बरिस्ठ संगीतकार शिवशंकर थापा, नगर शिक्षा अधिकारी होमनाथ भण्डारी, साहित्यकार सुभद्रा भट्टराई लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा गजलकार बिपिन घिमिरेले गीत प्रस्तुत गरेका थिए ।

केसेङ लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिआर धितालले गरेका थिए ।