झापा । झापाको कचनकवल–६ कमलबस्तीमा आगलागी हुँदा एउटा घर जलेर पुर्ण रुपमा क्षति भएको छ । शनिबार राति ८ बजेतिर कमल खतिवडाका छोरा चेतन खतिवडाको माथिल्लो तला काठ र तल्लो तला पक्की भएको दुईतले घरमा आगलागी भएको हो । पूजा कोठाबाट अचानक आगो सल्किएको आशङ्का गरिएको छ । आगो निभाउन तीन वटा दमकल तथा सुरक्षाकर्मी खटिएका थिए ।
भद्रपुर, बिर्तामोड र मेचीनगर नगरपालिकाका दमकल, प्रहरी र स्थानीय आगो निभाउन पुगेका थिए । आगो निभाउने क्रममा दुईजना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । आगलागीबाट १८ लाखबढीको क्षती हुनसक्ने अनुमान गरिएको छ ।























































