चारआली । झापाको मेचीनगरमा सञ्चालित श्री माधव संस्कृत बिद्याश्रम एबम् माधवेश्वर शिव पाञ्चायन मन्दिरमा `कखरा´ सिकेर उच्च शिक्षा हासिल गरेसँगै पहिलो पटक आफ्नै विद्यालयमा भागवत कथा बचन गर्ने भएका छन् ।IMG_20250216_182705
मेचीनगर-१२ का पण्डित हरिकृष्ण भण्डारीले आफुले `कखरा´ अध्ययन गरेको संस्कृत विद्यालयमा फागुन ७ गतेदेखि सञ्चालन हुने श्रीमद् भागवत सप्ताह एबं धनधान्याचल बिराट ज्ञानमहायज्ञमा कथा बाचन गर्ने भएका हुन् ।
आफ्ना हजुरबुवा र बुवाको परिकल्पनामा स्थापनापछि सञ्चालनमा रहेको माधव संस्कृत बिद्याश्रमको चौतर्फी विकास गर्ने उद्देश्यले आयोजना गरिएको श्रीमद् भागवत सप्ताह एबं धनधान्याचल बिराट ज्ञानमहायज्ञमा पण्डित भण्डारीले पहिलो पटक कथा पारायण गर्ने आइतबार पत्रकारसमक्ष बताए ।BeautyPlus_20250216161240528_save
गुरुकुल विद्यालय सञ्चालनमा आएको समस्यालाई ब्यवस्थापन गर्न, अध्ययनरत विद्यार्थीलाई नि:शुल्क संस्कृत पठनपाठन,  आवासको ब्यवस्थापन गर्न, निर्माणाधीन भवनलाई पूरा गरी गुरुकुलको स्तरोन्नति गर्न महायज्ञको आयोजना गरिएको पुराण  मुल आयोजक समितिका संयोजक तिलक गिरीले बताए ।
उनका अनुसार पुराण सम्पन्न गर्न नौ लाख खर्च हुने र दानबिर  दाताबाट ५० बढी संकलन हुने अनुमान गरिएको छ । बचेको रकमबाट विद्यालयको चौतर्फी विकास र स्तरोन्नतिमा खर्च गर्नेछ ।BeautyPlus_20250216164059338_save
बिद्वान पण्डित माधवप्रसाद भण्डारीले बालबालिकालाई शिक्षा दिने उद्देश्यले बिक्रम सम्बत् २०३८ सालमा सुरु गरेर २०५५ सालदेखि बिधिवत रुपमा दर्ता गरी झापाको हाल मेचीनगर-१२ श्रीमाधव संस्कृत बिद्याश्रम ( गुरुकुल) को रुपमा सञ्चालनमा ल्याएको थियो ।
२७ औं बार्षिकोत्सव एबम् महाशिवरात्रीको अवसरमा आयोजना फागुन ७ गतेबाट आयोजना हुने महायज्ञमाको उद्घाटन श्री १००८ प्रा. डा.पुरुषोत्तमाचार्य स्वामीज्युको गर्ने कार्यक्रम तय गरिएको   सचिब यमनाथ बरालले जानकारी दिए ।BeautyPlus_20250216164251990_save
महायज्ञ सम्पन्न गर्नका लागि १५ प्रचारप्रसारसहितको उपसमिति बनाएको छ भने खर्चलाई मितब्यितता अपनाउन पण्डाल, भोजन साउण्ड सिस्टम र दाताले गुरुकुलको स्तरोन्नतिका दान गर्ने वचन दिइसकेका छन् ।