मेचीनगर । कोशी प्रदेशका सांसद गोपाल तामाङले सरकारले सार्वजनिक हितको सूचना तथा विज्ञापन प्रदेश र स्थानीय तहमा रहेका मिडियाहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन्। प्रेस क्लब मेचीनगरको १० औँ साधारणसभा तथा छैठौं अधिवेशनको प्रमुख अतिथि रहेका सांसद तामाङले यस्तो कुरा बताएका हुन् ।IMG_20250219_191152कोशी प्रदेशको नेपाली कांग्रेस संसदलीय दलका प्रमुख सचेतकसमेत रहेका सांसद तामाङले खरिद ऐन आकर्षित भएपनि राज्यले प्रकाशित गर्ने सूचना तथा बिज्ञापन प्रदेश र स्थानीय तहका मिडियालाई दिनुपर्नेमा जोड दिएका हुन् । ‘कोशी प्रदेशमा सञ्चार विधेयक संसदमा दर्ता भएको जनाउँदै सांसद तामाङले मिडियाको नियमन, अनुगमन गर्नुपर्नेमा जोड दिए । उनका अनुसार अहिलेसम्म संसदमा छलफलका लागि करिव ८० वटा ऐनहरु दर्ता भएको बताए । त्यसमा ५० वटा ऐन शंसोधनका लागि पेश भएका छन् । र, १६ वटा ऐन शंसोधनका लागि मैले नै पेश गरेको छु । पत्रकार, विद्यार्थी र शिक्षक राजनीतिकबाट अलग बसेर आफ्नो पेशालाई व्यवसायिक बनाउनुपर्ने उनको भनाई छ ।IMG_20250219_191216कार्यक्रमका विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरका पत्रकारको संस्थालाई नगरपालिकाले गर्ने सहयोगमा कमी हुन नदिने बताए ।

उनले विकास पत्रकारिताका विषयमा ठुलै कार्यक्रम आयोजना गर्न प्रेस क्लब मेचीनगरलाई अनुरोधसमेत गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि सांसद तामाङ, नगरप्रमुख बुढाथोकी, नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, मेचीनगरका प्रवक्ता एवम् वडा नम्बर २ का वडाध्यक्ष दिपक बराल, नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु कार्की, नेपाली कांग्रेस मेचीनगर उपसभापति योगेन थापा मगर, प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्षहरु ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल, लक्ष्मी उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।IMG_20250219_191204

सोही अवसरमा नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाल र समाजवादी प्रेस संगठनमा निर्वाचित प्रेस क्लबका सदस्य तथा पदाधिकारीहरुलाई समेत सम्मान गरिएको थियो ।

प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालले अध्यक्षतासहित अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेको उद्घाटन सत्रको स्वागत उपाध्यक्ष जीआर धितालले र सञ्चालन सचिव देबु बानियाँले गरेका थिए ।