मेचीनगर । प्रेस क्लब मेचीनगरको १० औँ साधारणसभा तथा छैठौं अधिवेशनले पौडेललाई अध्यक्षमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । काँकरभिट्टामा आयोजित अधिवेशनले समितिको उपाध्यक्षमा खगेन्द्र घिमिरे, महिला उपाध्यक्षमा मनिषा गौतम, सचिवमा प्रविण अधिकारी, सहसचिवमा नवराज सुवेदी र कोषाध्यक्षमा दिलीप थापालाई चयन गरेको हो । त्यस्तै सदस्यहरुमा पुष्कर गुरागाईं, सुजन प्रधान, भोला तिम्सिना र सेवन्ता घिमिरे चयन गरेको छ ।
कार्यसमिति सदस्यमा एक जनापछि थप गरिने निर्वाचन समितिले जनाएको छ । ११ सदस्यीय कार्यसमितिको कार्यकाल २ वर्षको रहने छ ।अध्यक्षमा डम्बर बराल, प्रकाश पौडेल र जीआर धिताल, सचिवमा दिलिप थापा र प्रविण अधिकारी र कोषाध्यक्षमा पुस्कर गुरागाँई र सुजन प्रधानले उम्मेद्वारी दिएका थिए । निर्वाचन समितिको समन्वयमा अध्यक्षका प्रत्यासीद्वय बराल र धितालले उम्मेद्वारी फिर्ता एबम् सचिब र कोषाध्यक्षले हेरफेर गरेपछि कार्यसमिति सर्वसम्मत भएको हो ।
क्लबका पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौलाको संयोजकत्व प्रकाश उप्रेती र शिशिर चम्लागाँई सदस्य रहेका थिए ।























































