बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले हात्ती प्रभावित क्षेत्र अर्जुनधारामा हात्ती धपाउन सहजताका लागि स्थानीयलाई टर्चलाईट बितरण गरेकाे छ ।

क्लबले अर्जुनधारा नगरपालिका वडा नम्बर -८ मा बिहीबार एक कार्यक्रमको आयोजना गरी बिपन्न समुदायलाई हात्ती धपाउन प्रयोग गरिने इलेक्ट्रोनिक टर्चलाइट बितरण गरेको हो ।

क्लबकी अध्यक्ष मञ्जु उप्रेतीको अगुवाइमा आयोजना गरिएको उक्त टर्चलाईट बितरण समारोहमा प्रमुख अतिथि अर्जुनधारा-८ का वडाध्यक्ष कुमार उप्रेती र टर्चलाईट दाता बिर्तामोडस्थित सानो संसार हाउजिङ प्रालीका प्रोपाइटर प्रकाश उप्रेतीले संयुक्त रुपमा बिपन्न सर्वसाधारणलाई टर्चलाईट बितरण गरेका थिए ।

कार्यक्रममा बिशिष्ठ अतिथिहरु लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीको संस्थापक अध्यक्ष लीला मैनाली, एबिसी झापाकी अध्यक्ष कन्चना ढकाल सिटौलालगायतले सामाजिक क्षेत्रमा क्लले पुर्याउँदै आएको योगदानको उच्च महत्व रहेको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।

अर्जुनधारा-८ का वडा सदस्यहरु ऋषि घिमिरे, मनोज थापा मगर, क्लबका पदाधिकारीहरुको सहभागीतामा सम्पन्न भएको कार्यक्रममा मन्जु उप्रेतीको सभापतित्व र सरु भुर्तेलको सञ्चालनमा सम्पन्न भएको थियो । क्लबले केही समययता बिपन्न समुदायका बालबालिकालाई पोशाक, ब्याग बितरण, स्वास्थ्य शिबिरको आयोजना, धार्मिक स्थलमा पुगेर अनाथ तथा बृद्ध-वृद्धालाई पोशाक बितरण लगायत का सामाजिक गतिविधि गर्दै आएको छ ।





