बाहुण्डाँगी । झापाको बाहुण्डाँगीस्थित सिद्धिखोला एकीकृत खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले तीन कार्यकालको योजना र कार्यसम्पादन सार्वजनिक गरेको छ।
संस्थाले नेपाल सरकार, सिचाइँ डिभिजन र आन्तरिक श्रोतबाट निर्माण गरिएका ७ वटा प्लान्टको पुर्बाधार विकासका लागि समावेस गरिएको श्रोत र कार्यकालसम्मको कार्यसम्पादन पत्रकारसमक्ष सार्वजनिक गरेको हो ।
संस्थाका अध्यक्ष सतन अधिकारीले मेचीनगर-१, २ र ४ ले शनिबार स्थलगत अवलोकनपछि हालसम्मको कार्यसम्पादन सार्वजनिक गरेका थिए ।
संस्थाले आब २०६९/२०७० देखि आब २०७९/०८० सम्म विभिन्न समयमा आन्तरिक र नेपाल सरकारको अनुदानबाट निर्माण गरिएका खानेपानी आयोजनाका लागि ५ करोड ४२ लाख २४ हजार ३ सय ९४ रुपैयाँमा ५ वटा खानेपानीको आयोजना पूरा भएको छ। त्यसैगरी आर्थिक वर्ष २०८०/२०८१ का लागि १८ करोड ४३ लाख ६३ हजार ९ सय ३६ रुपैयाँ १९ पैसाको योजना निर्माणाधीन अवस्थामा रहेको संस्थाका अध्यक्ष सतन अधिकारीले जानकारी दिए ।
हाल १ हजार ३ सय उपभोक्ताले खानेपानीको सेवा लिइरहेको र भबिष्यमा ३ हजारबढी उपभोक्तालाई पिउने पानी बितरण गर्न सकिने अध्यक्ष अधिकारीले बताए ।
संस्थाले तीन वटा वडाहरु मेचीनगर-१,२ र ४ मा आब २०६९/०७० सालमा ४ सय घरधुरीमा धारा जडान गरेपनी २ सय ६४ घरको मात्रै धारा सक्रिय रहेकोमा हाल ३ हजाबढीलाई बितरण गर्ने योजना बनाइरहँदा गर्भ महसुस भएको अध्यक्ष अधिकारीको भनाई छ।
उसले मेचीनगर-१ को पाटापुरबाहेक सबै घर, वडा नम्बर-२ भृकुटी-बाहुँन्डागीमा ७५ प्रतिशत घरमा र वडा नम्बर -४ मा ५० प्रतिशत घरमा खानेपानी बितरण गरिँदैआएको बाहुण्डाँगी सिद्धिखोला एकीकृत खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका उपाध्यक्ष मेघराज खड्काले जानकारी दिए ।
उनका अनुसार प्रतीघर ७ हजार ६ सय रुपैयाँ धरौटी मूल्य र २० हजार लिटरको एकसय रुपैयाँ महसुल लिइँदै आएको जानकारी दिए ।
हाल मेचीनगर-१ काे काेमलप्रसाद भट्टराईले निशुल्क उपलब्ध गराएको १ कठा १२ धुर भट्टराई चोकमा, सोही वडाको खिवलाल भट्टराईले देबीगन्जमा उपलब्ध गराएको १ कठा १२ धुरमा, सोही वडाको पुर्णिमा कट्टेलले उपलब्ध गराएको-१२ धुर जमिनमा निन्दामा संस्थाले फरक फरक मितिमा प्रशोधनसहितखानेपानीका ढल, बोरिङ, ट्याङ्की, कम्पाउण्ड वाल, भवन, खानेपानीको ट्याङ्की निर्माण गरिएको छ ।
त्यसैगरी राधिका तामाङले वडा नम्बर-२ को काँडेमा प्रदान गरेको २ कठा ३ धुर जमिनमा, सोही वडामा खेमराज ढकालले रामजानकी मन्दिर छेउमा प्रदान गरेको ६ धुर र सुरेश घिमिरेले प्रदान गरेको ५ धुरमा र तारादेबी सुवेदीले मेचीनगर-४, आन्डाँगीमा प्रदान गरेको २ कट्ठा जमिनमा खानेपानी प्रशोधनसहितको ट्याङ्की र कार्यालय निर्माण गरिएको पत्रकारलाई प्रदान गरेको बिवरणमा उल्लेख छ ।
सबै योजनाको स्थलगत अवलोकनपछि संस्थाले कार्यालयमा आयोजना गरेको पत्रकारहरुसँग अन्तरक्रिया गरेको थियो । सतन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेघराज खड्काले समापन गरेको थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि सञ्चारकर्मीहरुको सहभागिता रहेको थियोे ।























































