झापा । सुखानी बलिदान दिवसको अवसरमा झापाका समाजवादी मोर्चा नेपालले सहिदको अपेक्षाअनुसार देशलाई समाजवादसम्म पुर्याउन जस्तो सुकै मुल्य चुकाउन पछि नहट्ने प्रतिबद्धता जनाएका छन् ।
फागुन २१ आज शहिद सप्ताह सुखानी दिवस २१ फागुन २०२९ अवसारमा सुखानीमा आयोजित कार्यक्रममा तीन समाजबादी दलले सामुहिक रुपमा प्रतिबद्धतासहित अपील गरेका हुन् ।

कार्यक्रममा सम्पुर्ण न्यायप्रेमी, अग्रगामी नेपाली जनसमुदायलाई नेपाली समाजको सुल्टो बाटो समाजवादी क्रान्तिको बाटोमा लामबद्ध हुन हार्दिक अपिल गरेको जारी गरिएको उल्लेख छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एबम् झापा जिल्ला इन्चार्ज रन्जित तामाङ, नेकपा एकिकृत समाजवादी अध्यक्ष बेदराज रेग्मि र नेकपाका केन्द्रीय सदस्य सुमनसिंह सीद्वारा जारी गरिएको हस्ताक्षरित अपीलमा उल्लेख छ ।

झापा र इलामको सिमानामा पर्ने सुखानी जंगलमा रामनाथ दाहाल ३४, नेत्र घिमिरे २५, बिरेन राजवंशी ३१, कृष्ण कुंइकेल १८, नारायण श्रेष्ठ १७ लाइ झापाबाट इलाम जेल सार्ने बाहनामा सुखानी जंगलमा लगि गोली हानेर निर्ममता पुर्वक हत्या गरेको दिन हो। हामिले २०५२ फागुन १४ गते हत्या गरिएका जनयुद्धका पहिलो शहिद दिल बहादुर रम्तेल र सुखानी हत्याकाण्ड २१ फागुन २०२९ लाइ जोडि शहिद सप्ताह मनाउने गरेकासमेत उल्लेख छ ।

कम्युनिष्ट पार्टीको नाममा कम्युनिष्ट आन्दोलन लाइ नै भ्रमित गर्ने गरिका पश्चगामी कदमहरु, नंया अनुहारको नाममा नंया खोजिरहेको समाजलाइ पुरानै मान्यता दिएर भ्रमित गर्ने प्रवृति र जनताले अश्विकृत गरिसकेको साथै इतिहास बनिसकेको राजतन्त्र लाइ फर्काउन खोज्ने प्रवृति यो बेलाको नेपाली समाजलाइ उल्टो वाटो हिंडाउने र देशलाइ दुर्घटनामा लैजाने प्रवृतिहरु हुन । यि प्रवृतिहरुलाइ राम्रो संग पहिचान गर्नु, जनतालाइ बुझाउनु र समाजलाइ सुल्टो बाटो हिंडाउनु नै अहिलेको मुख्य कार्यभार हो। र त्यो सुल्टो बाटो भनेको समाजवाद नै हो उल्लेख छ ।

सहिदको बलिदानबाट नेपाली जनताको समाजवाद स्थापनाको आकाक्षांसंग सम्बन्धित रहेको, नेपालको समाजवादी आन्दोलन बिभिन्न गोलकच्चर, विभाजन, स्वार्थ केन्द्रहरुको योजना र विभिन्न आवरणका दलाललीको प्रभावमा पर्दै आएको, शहिदहरुको बलिदान, जनताको आकांक्षा र समाजवाद प्राप्त गर्ने लक्षमा पुग्न यसले अवरोध सृजना गरेको समेत उल्लेख छ ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एबम् झापा जिल्ला इन्चार्ज रन्जित तामाङ, संयोजक राजु आचार्य अग्नि, नेकपाका केन्द्रीय सदस्य सुमनसिंह सी लगायतले सहिदले गरेको बलिदानीलाई सबै नेपाली अनुशरण गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सञ्चालन नेकपा एकीकृत समाजवादी अध्यक्ष बेदराज रेग्मिले गरेका थिए ।























































