बुधबारे । झापाको बुद्धशान्ति वडा नम्बर-४ बाट ५ लाख बढीको अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्ने चिया बगानस्थित मेची राजमार्गमा बिभिन्न सवारी साधनहरु चेकजाँच गर्ने क्रममा ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र.१–०१–००१ ज. ३४४९ नम्बरको यात्रुबाहक बोलेरो गाडीलाई चेकजाँच गर्दा उक्त सामान बरामद गरिएको हो ।
बिलबिना अबैध रुपमा ल्याएको अन्दाजी ५ लाख ३४ हजार ७४५ बराबरको विभिन्न कस्मेटिक सामानहरु फेला परेको उक्त सामान इलाका प्रहरी कार्यालय बुधबारेमा रहेको प्रहरीले जनाको छ ।