झापा । सरकारले शिक्षकहरुको माग पूरा नगरे स्कुलको चावी बोकेर बालुवाटार घेर्न चेतावनी दिएका छन् ।
शिक्षा ऐन जारी गर्नुपर्ने माघ राख्दै २८ दिनयता आन्दोलनरत शिक्षकहरुले देशभरका जिल्लास्थित पालिकाहरुमा मंगलबार आज प्रदर्शनी क्रममा उक्त कुरा बताएका हुन् ।

काठमाडौं केन्द्रित आन्दोलनबाट फर्किएका र त्यहाँ नपुगेका शिक्षकहरुले मंगलबार देशभर एकैसाथ प्रदर्शन गरेका थिए ।
सो क्रममा आन्दोलनरत मेचीनगरका शिक्षक सम्बन्ध संगठनले नगरपालिका घेराउपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै शिक्षक नेतृ सुभद्रा भट्टराईले आइतवारसम्ममा माग पूरा नगरे स्कुलको चावी बोकेर बालुवाटार घेर्न चेतावनी दिइन् ।

उनले यो आन्दोलन शिक्षकका लागि मात्रै नभएको स्पष्ट पार्दै सरकारको आँखा खोल्न स्थानीय सरकारको आँगनमा आएको बताइन् । उनले प्रधानमन्त्री ओलीले शिक्षकको मागप्रति अनुदार र शिक्षकलाई अपहेलित गरेको आरोप लगाइन । उनले सभालाई सम्बोधन गर्दै शिक्षक संघठनका नेतृत्वले राजनीतिक दलको आवद्धता परित्याग गर्ने उद्घोष गरेकी थिइन् ।
वक्ताहरुले शिक्षकले गरेको शान्तिपूर्ण आन्दोलनलाई प्रहरी लगाएर सरकारले दमन गरेको भन्दै प्रधानमन्त्री केपी ओलीको चर्को आलोचना गरे । शिक्षक र निजामती कर्मचारीले प्राप्त गर्ने सुबिधामा विभेद गरेको आरोप लगाएका थिए ।

अग्रगामी शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै आएका काठमाण्डौंमा आन्दोलनरत शिक्षकहरुलाई सरकारको दमनको विरोध गर्दै देशका विभिन्न पालिकामा प्रदर्शन गरेका थिए ।
झापाका प्रायः पालिकामा प्ले-कार्ड, नारासहितको र्यालीले मेचीनगरपालिका घेराउ गरेपछि कोणसभा गरेका छन् ।
साथीहरुको टाउकामा यो सरकारले लाठी र बुट बजारेको बिर्सिन नसक्ने बताउँदै, आवश्यक परे शिक्षकले लाठी बोकेरै जाने तर, अब राजनीतिक दलको झोला भने नबोल्ने बताइन् ।

अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन मेचीनगरका अध्यक्ष अर्जुनकुमार कार्कीले सरकारी नेतृत्व शिक्षामैत्री नभएको भन्दै राजनीतिक दलभन्दा बाहिर रहने अवस्था आएको बताए । उनले विश्वको शिक्षा नीतिसँग नेपाली शिक्षा अग्रगामी र प्रभावकारी नभएपछि पुरानो ऐन सुधार गर्दै नयाँ र अग्रगामी शिक्षा ऐनको माग गरिएको स्पष्ट परेका थिए ।
नेपाल शिक्षक महासंघ मेचीनगरका पूर्वअध्यक्ष केशव पौडेलले आफैलाई शासन गर्ने प्रणाली चाहियो भनेर शिक्षक आन्दोलनमा जानुपरेको बताए ।
नेपाल शिक्षक महासंघ मेचीनगरका सहअध्यक्ष मोहन कार्कीको अध्यक्षतामा भएको विरोध सभामा शिक्षकहरु ज्ञानेन्द्र ढुंगाना, शान्ता निरौला, डिबेन्द्र तिवारी लगायतले मन्तब्य राखेका थिए । झापाको बिर्तामोड नेपाल शिक्षक महासंघ बिर्तामोड नगर समितिको आयोजनामा उनीहरुले प्रदर्शन गरेका छन् ।
नेपाल शिक्षक महासंघका बिर्तामोड नगर अध्यक्ष युवराज कट्टेलको नेतृत्वमा करिब ३ सय जनाबढी शिक्षकहरु प्रदर्शनीम उत्रेका थिए ।
उनीले सरकार तेरो पाराले दुःख पाए साराले, शिक्षक, कर्मचारी एकता जिन्दावाद, प्रहरी दमन मुर्दावाद, विद्यालय शिक्षा ऐन जारी गर, चाँडोभन्दा चाँडो विद्यालय खोल्ने वातावरण तयार गर, नेपाल शिक्षक महासंघ जिन्दावाद नाराहरु लगाउँदै प्लेकार्ड बोकेर बिरोध गरेका थिए । उक्त र्याली मुक्ति चोकमा आई कोणसभामा परिणत भएको थियो ।

त्यस्तै दमकमा दमक, गौरादह नगरपालिका, गौरीगञ्ज र कमल गाउँपालिकाको संयुक्त आयोजनामा नेपाल शिक्षक महासंघ दमक नगर समितिका कार्यवाहक अध्यक्ष रघुनाथ भण्डारीको अध्यक्षतामा बिभिन्न नारासहित बिरोध प्रदर्शन गरेका थिए ।























































